Logo मंगलवार, श्रावण १२ गते २०८३
images

डेभिस कपमा नेपालबाट भाग लिने टिमको नेतृत्व गर्ने गोपाल ज्ञवालीलाई बिदाई

डेभिस कपमा नेपालबाट भाग लिने टिमको नेतृत्व गर्ने गोपाल ज्ञवालीलाई बिदाई

  • 1.6K
    SHARES

  • डेभिस कपमा नेपालबाट भाग लिने टिमको नेतृत्व गर्ने गोपाल ज्ञवालीलाई बिदाई

    बुटवल,कार्तिक २९ ।

    डेभिस कपमा नेपालबाट भाग लिने टिमको नेतृत्व गर्ने टिम ब्यवस्थापक गोपाल ज्ञवालीलाई बिदाई गरिएको छ। खेलकुद पत्रकार मंचसहित क्रियाशिल पत्रकारहरुले ज्ञवालीलाई बुधबार बिदाई तथा शुभकामना कार्यक्रम गरेको हो।रुपन्देही लनटेनिस संघका अध्यक्ष तथा बुद्ध टेलिभिजनका उपाध्यक्ष समेत रहेका ज्ञवालीले लनटेनिस बिकासमा लागेको अनुभव बताउदै २०६८ सालदेखि निरन्तर लागेको बताए।

    लनटेनिसको हबका रुपमा बुटवल चिनिएको उनले बताए।नेपाल टेनिस संघको निर्देशनमा ज्ञवाली अन्तराष्ट्रिय लनटेनिस प्रतियोगितामा पुरुष टिमको नेतृत्वमा जाने भएका हुन।

    नोभेम्बर १८– २४ सम्म बहराईनमा हुने डेबिस कपमा १७ देशका खेलाडीहरुले भाग लिएका छन।प्रतियोगितामा नेपालबाट खेलाडीहरु पुरुषतर्फ अभिषेक बास्तोला, प्रदिप खड्का, प्रणव मानन्धर, प्रणव खनाल, रितिका राना तथा महिलातर्फ अभिलाषा विष्ट, सुनिमा थापा, प्रकृति श्रेष्ठ, स्वस्तिका विष्ट, प्रजना मानन्धर रहेका छन।

    पुरुष टिम म्यानेजर गोपाल ज्ञवाली, पुरुष टिमको प्रशिक्षक सरद लामा, महिला टिम म्यानेजर अजय विष्ट, महिला प्रशिक्षक सन्तोष खत्री गरि १४ जनाको टिम मंसिर १ गते काठमाडौंबाट बिदाई हुनेछ।कार्यक्रममा खेलकुद पत्रकार मंचका अध्यक्ष सुमन अधिकारीले काठमाडौंबाहिर समेत लनटेनिस खेलको विकासकै कारण अवसरका ढोकाहरु खुलेको बताए।

    रुपन्देहीबाट नेपाली राष्ट्रिय खेलाडीहरुलाई जाने टिमबाट उत्कृष्ट नतिजाको आशा समेत लिएको उनले बताए। कार्यक्रममा लुम्बिनी प्रेस क्लबका कार्यबाहक अध्यक्ष कमल रायमाझी, प्रेस क्लबका संस्थापक अध्यक्ष माधव ढुगाना, कान्तिपुरका दिपेन्द्र बढुवाल, खेलकुद पत्रकार मंचका उपाध्यक्ष मनोरन्जन शर्मा, सचिव स्वस्तिक श्रेष्ठ, मुक्तिनाथ विकास बैक सिद्धार्थनगरका शाखा प्रमुख गोबिन्द अधिकारी, रुपन्देहीका सामाजिक ब्यक्तित्व राजेश श्रेष्ठले खेलाडीहरुलाई सफलताको शुभकामना ब्यक्त गर्दै युवा खेलाडी उत्पादनमा थप गतिविधि गर्न सुझाव दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology