बुटवल,भदौ २१ ।
सामाजिक कार्यमा अग्रणी संस्था जि ट्वान्टी फाइभ क्लवले बुटवल देवीनगरले खुल्ला तीज गीत कार्यक्रम–२०८१ सम्पन्न गरेको छ । क्लवले हरितालिका तीज पर्वमा हरेक बर्ष यहाँ तीज मेला गर्दै आएको छ ।
तीजपर्व मनाउन आउनेहरु दिदिबहिनीहरुका लागि ब्यवस्थित तरिकाले टेन्ट, खानेपानी ,सुरक्षा ब्यबस्था ,बाद्यबादन लगायतको प्रबन्ध समेत गरिएको थियो ।
चौपारीक्षेत्रको सडकमा गरिएको तीज गीत कार्यक्रमको लुम्बिनी प्रदेशसभा सदस्य जमुना ढकालले उद्घाटन गर्नुभयो । सो अबसरमा बोल्दै ढकालले तीजको मौलिकता र संस्कृति जोगाउन महिलाहरुको उल्लेखनीय योगदान रहेको बताउनुभयो ।
उहाँले तीजका अवसरमा दिदिबहिनीले होटलहरुमा गरेको नाचगान र रमाइलोलाइ बिकृती भनेर ब्याख्या नगर्न आग्रह समेत गर्नुभयो ।उद्घाटन समारोहमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवल वडा न ११ को समग्र बिकासका लागि करिब २४ करोड बजेट बिनीयोजन गरिएको बताउनुभयो ।
उहाँले भन्दै यसपटकबाट सडकमा हाइमास्ट लाइटका कारण रातमा पनि नाचगानका लागि सहज हुने बताउनुभयो ।वडा न ११ का सदस्य नहकुल शाहीले बुटवलमा तीजको महत्व दिनप्रतिदिन बढ्दै गएका कारण तीजका कार्यक्रमहरू भब्य बन्र थालेको बताउनुभयो ।
जि ट्वान्टी फाइभ क्लबका अध्यक्ष जगदिश न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको संयोजक हुमराज बस्याल रहनुभएको थियो । क्लवका महासचिव किशोर पंगेनीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा दिनभर सयौँकोे संख्यामा उपस्थित दिदिबहिनी तथा दाजुभाइले निकै रमाइलो गरेर नाँचगान गरेका थिए ।
नाचगान बेलुका ७ बजेसम्म भएको थियो । दिदिबहिनीले हिजो दर खाएपछि आज तीजको व्रत बस्ने गर्दछन् । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ ।
हिजो दर खाएपछि औपचारिक रुपमा शुरु भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ ।



जि ट्वान्टी फाइभ क्लबद्वारा देविनगर चौपारीमा डोनेसन बाकस स्थापना
देवीनगरमा जी ट्वान्टीफाइब क्लवको रक्तदान,७६ युनिट संकलन
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)