बुटवल,माघ २६ ।
बुटवल–११ देविनगरमा स्थित सामाजिक कार्यमा अग्रणी संस्था जि ट्वान्टी फाइभ क्लबले डोनेसन बाकसको स्थापना गरेको छ ।
मृगौला, मुटु रोगबाट पिडित अति विपन्न विरामीलाई उपचार तथा मृत्यु भएको खण्डमा घरपरिवारलाई घाटसम्म पुग्न सहयोग पु¥याउने उद्देश्यले बुटवल–११, देविनगर, चौपारीमा डोनेसन बाकसको स्थापना गरिएको हो ।
उक्त कार्यक्रममा जि ट्वान्टी फाइभ क्लबका अध्यक्ष जगदिश न्यौपानेको अध्यक्षता, महासचिव किशोर पंगेनीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा मृगौला रोग पिडित संघ, लुम्बिनी प्रदेश सदस्य दिपक खड्का, अस्थायी प्रहरी चौकी, देविनगरका इन्चार्ज विष्णु भण्डारी, क्लबका निवर्तमान अध्यक्ष निर्मल नेपाल, निवर्तमान सल्लाहकार सुभास रायमाझी, हुमराज बस्याल, क्लबका संस्थापक अध्यक्ष रमेश कुमार जोशी, उपाध्यक्ष मदन पौड्याल, कार्यसमिति सदस्य गणेश पाण्डे लगायतले मन्तव्य राख्नुभएको थियो ।उक्त कार्यक्रममा क्लबका वर्तमान तथा पूर्व कार्यसमिति, आजीवन सदस्य तथा मृगौला, मुटु रोगबाट पिडित व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)