Logo बिहिवार, आश्विन १ गते २०८३
images

सौर्य एयर जहाज दुर्घटनामा घाइते क्याप्टेन मनीष शाक्यको स्वास्थ्यमा सुधार

सौर्य एयर जहाज दुर्घटनामा घाइते क्याप्टेन मनीष शाक्यको स्वास्थ्यमा सुधार

  • 1.0K
    SHARES

  • सौर्य एयर जहाज दुर्घटनामा घाइते क्याप्टेन मनीष शाक्यको स्वास्थ्यमा सुधार

    काठमाडौं, साउन १० ।

    सौर्य एयर जहाज दुर्घटनामा घाइते हुनुभएका क्याप्टेन मनीष शाक्यको स्वास्थ्यमा सुधार आएको छ । सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजको सघन उपचार कक्षमा उपचारत शाक्यको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालका व्यवस्थापक नारायण दाहालले जानकारी दिनुभयो । 

    उहाँले भन्नुभयो, “शाक्यको सघन उपचार कक्षमा उपचार भइरहेको छ । अहिले उहाँ खतरामुक्त हुनुहुन्छ।” उहाँको टाउको लगायत शरीरका विभिन्न भागको चोटमा बुधबार नै टाँका लगाइएको थियो ।

    मेरुदण्डको भाचिएका हड्डीको केही दिनपछि मात्र शल्यक्रिया गर्ने अस्पतालको योजना रहेको उहाँले जानकारी दिनुभयो । बुधबार काठमाडौँबाट पोखरातर्फ उडेको सौर्य एयरको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । पाइलट शाक्यलाई घाइते अवस्थामा उद्धार गरिएको थियो।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology