काठमाडौँ,साउन ९।
मर्मतका लागि पोखरा उड्ने क्रममा त्रिभुवन विमानस्थलमै दुर्घटनाग्रस्त जहाजमा कम्पनीकै अधिकांश कर्मचारी रहेको पाइएको छ।सौर्य एयरलाइन्सका अनुसार विमानमा कम्पनीकै १७ जना कर्मचारी सवार थिए। १७ जनामध्ये अरेफ रेडा नामका एक कर्मचारी भने विदेशी छन्।
नागरिक उड्डयन प्राधिकरणले १९ जना रहेको जनाएको छ। यात्रुबाहेक चालकदलका सदस्य पाइलट मनिषरत्न शाक्य र कोपाइलट एस कटुवाल रहेका थिए।
दुर्घटनामा परेको सौर्य एअरलाइन्सको विमान २१ वर्ष ४ महिनाअघि निर्माण भएको पाइएको छ ।५० सिट क्षमताको बम्बार्डियर सीआरजे २०० वाई ५० विमान छैठौं किनबेचमा नेपाल ल्याइएको थियो । प्लेन्सपोट्टर्सडटकमका क्यानेडियन विमान निर्माता कम्पनी बम्बार्डियरले यो विमान सन् २००३ अप्रिलमा तयार पारेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)