काठमाडौँ,साउन ९।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सका पाइलट मनिषरत्न शाक्यलाई उपचारका लागि अस्पताल पुर्याइएको छ ।
शाक्यलाई सिनामंगलस्थित काठमाण्डु मेडिकल कलेज (केएमसी)मा उपचारका लागि पुर्याइएको अस्पतालका एक अधिकारीले बताए । शाक्यलाई इमर्जेन्सीमा भर्ना गरिएको छ । हाल उनको स्वास्थ्य अवस्थाबारे भन्न सक्ने अवस्था नरहेको अस्पतालले जनाएको छ ।
दुर्घटनामा परेको सौर्य एअरलाइन्सको विमान २१ वर्ष ४ महिनाअघि निर्माण भएको पाइएको छ ।५० सिट क्षमताको बम्बार्डियर सीआरजे २०० वाई ५० विमान छैठौं किनबेचमा नेपाल ल्याइएको थियो । प्लेन्सपोट्टर्सडटकमका क्यानेडियन विमान निर्माता कम्पनी बम्बार्डियरले यो विमान सन् २००३ अप्रिलमा तयार पारेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)