काठमाडौं,असार ३१ ।
स्पेनले युरोकपको उपाधि जितेको छ ।आइतबार राति सम्पन्न फाइनल खेलमा स्पेनले इङल्याण्डलाई२-१ गोलले पराजित गरेको हो ।स्पेनको जितमा निको विलियम्स र मिकेल ओयारजाबालले एक एक गोल गरेका थिए ।
विलियम्सले खेलको ४७औँमिनेट र मिकेलले ८६औँ मिनेटमा गोल गरेका थिए ।त्यस्तै इङल्याण्डका लागि एक गोल कोल पाल्मरले खेलको ७३औँ मिनेटमा गोल गरेका थिए । यो सहित स्पेनले सबैभन्दा बढी चौथो पटक युरो कपको उपाधि जितेको छ ।
स्पेनले यस अघि १९६४, २००८ र २०१२ मायुरो कपको उपाधि जितेको थियो ।त्यस्तै इङल्याण्ड भने लगातार दोस्रो पटक युरो कपको उपविजेता बनेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)