काठमाडौं,जेठ २२ ।
मंगलबार सुनको भाउ तोलामा १७ सय रुपैयाँ बढेको छ । सो वृद्धिपछि हालसम्मकै उच्च मूल्य कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलाको १ लाख ४२ हजार ७ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन १ लाख ४१ हजारमा कारोबार भएको थियो । यसअघि शुक्रबार सुनको भाउ १ लाख ४२ हजार २ सय रुपैयाँ पुगेको थियो ।
त्यस्तै चाँदी प्रतितोला २५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ८३५ रुपैयाँमा कारोबार भएकोमा आज १ हजार ८६० रुपैयाँ कायम भएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)