Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नमस्ते एकेडेमीेमा सम्पन्न एसईई फुटसलको उपाधि थिम्जे ब्रदर्सलाई

नमस्ते एकेडेमीेमा सम्पन्न एसईई फुटसलको उपाधि थिम्जे ब्रदर्सलाई

  • 975
    SHARES

  • नमस्ते एकेडेमीेमा सम्पन्न एसईई फुटसलको उपाधि थिम्जे ब्रदर्सलाई

    बुटवल जेठ २० ।

    नमस्ते एकेडेमीमा यही जेठ १८ र १९ गते  भएको खुला फुटसल टुर्नामेन्टको उपाधि थिम्जे ब्रदर्सले उपाधि  जितेको छ ।२०८१ सालमा एसईई परीक्षामा सहभागी विद्याार्थीका बिचमा  सञ्चालन गरेको खेलमा फाइनलमा रामपुर एफसी र थिम्जे ब्रदर्स बिच खेल भएको थियो ।

    जितसँगै थिम्जे ब्रदर्सले नगद २५ हजार कप , प्रमाण पत्र र मेडल जितेको छ भने उप विजेता रामपुर एफसीले  नगद १५ हजार कप, मेडल  तथा प्रमाण पत्र जितेको छ । त्यसै गरी समापन समारोहमा अभिभावक र इसिए टिमकाका बिचमा भएको खेलमा इसिए टिम विजयी भएको छ ।   ब्रिटिस ग्रामर स्कुल रुपन्देहीका स्कुल हेड अरुण कुमार कँडेलको अध्यक्षता  प्रदेश खेलकूद परिषद लुम्बिनीका सदस्य सचिव जय प्रकाश भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न समापन समारोहमा विद्यालयका निर्देशक  डिल्लीनारायण पाण्डेयले  स्वागत मन्तव्य , प्राचार्य जिग्मे शेर्पाले धन्यवाद ज्ञापन र अभिभावक लिलामणि पाण्डेले कार्यक्रम सञ्चालन गरेकााा थिए ।

    जेठ १९ गते एक भव्य  समारोहमा जिल्ला फुटबल संघ रुपन्देहीका अध्यक्ष तथा तिलोत्तमा नगर खेलकूद विकास समितिका  अध्यक्ष लोक पुन मगरले राष्ट्रिय रेफ्री कृति सेनलाई फुटसल बल हस्तान्तरण गरी समुदघाटन गरेको समापन समारोहमा बोल्दै प्रमुख अतिथि भट्टराईले ब्रिटिस ग्रामर स्कुल रुपन्देही हरेक क्षेत्रमा रुपन्देहीको गहना भएकाले आफू व्यत्तिगत र संस्थागत रुपमा जुनसुकै किसिमको सहयोग गर्न प्रतिवध्द रहेको बताए । यहाँका विद्यालयले यस विद्यालयबाट सिक्नु पर्ने धेरै कुरा रहेको् बताए।

    मोफसलको एकमात्र क्याम्ब्रिज स्कुलका रुपमा सञ्चालन भई गत वर्षको कक्षा १२ को वार्षिक परीक्षामा सत प्रतिशत नतिजा निकालेको यस विद्यालको  आप्mनै फुटसल ग्राउन्डमा यो टुर्नामेन्ट भइरहेकाले रुपन्देही , नवलपरासी , कपिलवस्तु, पाल्पा, गुल्मी जिल्लाका २३ वटा टिमका २३० जना खेलाडीको सहभागिता रहेको थियो । जसमा  लिटिज प्याराडाइज स्कुल, सुनवल एफसी, एप्पल इन्स्टिच्युट, सखुवानी जागृति क्लव, रेती इन्स्टिच्युट, बटौली एफसी, द राइजिन एण्ड सिपिएन, थिम्जे ब्रोदर्स, गुरुकुल एकेडेमी, जुनिएर एफसी , एसीसी बुटवल, आरके एकेडेमी, अक्सफोर्ड स्कुल, फर्साटिकर युवा क्लव, न्यु सिर्जना युथ क्लव, रामपुर एफसी, फोकस इन्स्टिच्युट, वसन्त युथ क्लव, शिक्षा एजुकेसन, भि फाइभ, ह्वाइट हाउस इन्स्टिच्युट, एप्पल  एजुकेसन इन्स्टिच्युट रहेका थिए ।

     विद्यार्थी, विद्यालय , संघसंस्था र क्लवहरुका विचमा आपसी सदभाव ,मेलमिलाप , परिचय , अनुशासन र खेल भावनाको विकास गर्ने तथा खेलाडी उत्पादनसमेत गर्ने लक्ष्यका साथ टुर्नामेन्ट आयोजना गरिएको हो । टुर्नामेन्टमा विजेता टिम नगद रु २५हजार र उपविजेता टिम रु १५ हजा। ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गरे भने  सहभागी एवम् विजेता विद्यार्थीका लागि कक्षा ११ मा   भर्ना , मासिक लगायतका शुल्कमा सत प्रतिशतसम्म शैक्षिक छात्रवृत्तिको व्यवस्था गरिएको छ । बेस्ट गोलकिपर अर्जुन पुन मगर, हाइ स्कोरर कृष राना ,उत्कृष्ट खेलाडी सुमन गुरुङ्खलाईसमेत कप तथा प्रमाण पत्रबाट सम्मान गरियो । 

     ब्रिटिस ग्रामर स्कुल रुपन्देही मोफसलमा नै अन्तर्राष्ट्रिय स्तरको शैक्षिक गुणस्तर र सुविधा  दिने  लक्ष्यका साथ स्थापित संस्था हो । यसले विश्वको प्रतिष्ठित ब ेस्टन इन्टरनेश्नल  स्कुल क्याम्पस चाइनासँग साझेदारी गरी चाइना , जापान , सिंगापुर ,क्यानडामा विद्यार्थी आदान प्रदान कार्य प्रारम्भ गरेको छ । यसै वर्षको प्रारम्भमा नै यस विद्यालयका विद्यार्थी मलेसियामा भएको अन्तर्र्रााष्ट्रय कराँते च्याम्पियन सिपमा पदक जिती देशको नाम उच्च बनाउन सफल भएका छन भने प्राचार्य जिग्मे शेर्पा डेनमार्कको शैक्षिक भ्रमण सकेर फर्केका थिए । 

    ब्रिटिस ग्रामर स्कुल रुपन्देहीले प्रथम पटक आयोजना गरेको टुर्नामेन्टलाई मुख्य प्रायोजकका रुपमा  ब्रिटिस कलेज ,प्रिन्टिङ एन्ड मिडिया पार्टनर ग्लोबल आवाज र सहयोगी संघसंस्थाका रुपमा इन्सुरेन्स पार्टनर एनएलजी इन्सुरेन्स, डिजिटल पेमेन्ट पार्टनर ईसेवा ,शैक्षिक पार्टनर वेस्ट्रन मिनिस्टर कलेज काठमाडौँ  र अफिसियल  पोसाक सौजन्य नसिब ग्रामेन्ट  तिलोत्तमाले गरेको संस्थापक प्राचार्य  राजेन्द्र कुँवरले बताए ।

     शैक्षिक क्षेत्रमा विशेष पहिचान स्थापित गरेको यस विद्यालयमा अतिरिक्त कार्यकलाप अन्तर्गत पिजीदेखि  कक्षा १२ सम्मका विद्यार्थीका लागि स्विमिङ्ख, फुटसल ,बास्केटबल , कराँते , क्रिकेट ,  आर्ट एन्ड क्राफ्ट , डान्स , म्युजिक क्लासको व्यवस्था गरिएको विद्यालयका म्यानेजर उमेश कँडेलले जानकारी दिनुभयो भने राष्ट्रियस्तरको गायन सो भ्वाइस अफ किड्सको छनौट चरण पार गरेका ७ जना विद्यार्थीमध्ये कक्षा चारकी अक्षता अग्रबाल र कक्षा ५ की नेइसा भुसाल मेघा राउन्ड चरणमा प्रवेश गरेको प्राचार्य जिग्मे शेर्पाले बताए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, जेठ २० २०८१०९:४५:२४

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology