Logo मंगलवार, श्रावण १२ गते २०८३
images

भारी वर्षाका कारण बुटवल डुबानमा,सडकमा थुप्रियो हिलो र लेदो

भारी वर्षाका कारण बुटवल डुबानमा,सडकमा थुप्रियो हिलो र लेदो

  • 1.3K
    SHARES

  • भारी वर्षाका कारण बुटवल डुबानमा,सडकमा थुप्रियो हिलो र लेदो

    बुटवल,बैसाख ३० ।

    गएरातिको भारी वर्षाका कारण बुटवलका विभिन्न क्षेत्र डुबानमा परेका छन् । बुटवलको अमर पथ, हाटबजार लाइनसहितका क्षेत्र डुबानमा परेका छन् ।

    अमरपथको मुख्य बजार क्षेत्रका सयभन्दा धेरै पसलमा पानी पसेर क्षति पुगेको छ । बुटवलका अधिकांश नालीहरू फोहोरले पुरिएकोले ठुलो पानी पर्दा डुबानमा परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको  छ। 

    अहिले पानी पर्न बन्द भएपनि पनि हिलो र लेदो सडकमा थुप्रिएको छ । बुटवलस्थित राससको प्रदेश कार्यालय, रुपन्देही उद्योग सङ्घको कार्यालय र पश्चिम नेपाल बस समितिको कार्यालय डुबानमा परेका छन् ।badi.jpg

    अविरल वर्षाले डुवान भएपछि न्यू होराइजन बोर्डिङ स्कुलले आज बिदा दिएको छ । सोह्र छत्तिस कुलोको छेउमा रहेको सो स्कुलमा रहेका तल्लो तलाका सबै कक्षाकोठाहरू समेत डुबेको प्रहरीले जनाएको  छ।

    इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले नाली थुनिएरै अधिकांश क्षेत्र डुवानमा परेकोले सचेत रहनुपर्ने बताउनुभयो । क्षतीको विवरण संकलन भइरहेको उनले बताउनुभयो । badi a.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology