Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलमा अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिता सुरु

बुटवलमा अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिता सुरु

  • 945
    SHARES

  • बुटवलमा अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिता सुरु

    बुटवल,बैशाख २७ ।

    बुटवलमा आजदेखि अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिता सुरु भएको छ ।प्रतियोगिताको बिहीबार एक कार्यक्रमकाबिच बुटवल उपमहानगरपालिकाकि उपप्रमुख साबित्रादेवि अर्यालले उद्घाटन गरेकि हुन् ।

    सो अवसरमा नगर उपप्रमुख अर्यालले खेलकुदको क्षेत्रबाट पनि बुटवललाई चिनाउन उपमहानगरपालिकाले विभिन्न खाले प्रतियोगितामा सञ्चालन गर्दै आएको भन्दै महिला भलिवल  प्रतियोगिताले बुटवलसहित रूपन्देही जिल्लामा महिला खेलाडी उत्पादनमा सहयोग पुग्ने विस्वास ब्यक्त गरिन् ।volleyb.jpg

    बुटवल नगर खेलकुद विकास समितिद्वारा आयोजित  प्रतियोगितामा बुटवल सहित रूपन्देहीका ६ पालिकाको सहभागीता रहेको छ । नगर खेलकुद विकास समितिका अध्यक्ष बोनिन पियाको सभापतित्व र नगर उपप्रमख अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानालगायतले प्रतियोगिताको महत्त्व र उदेश्य माथि प्रकास पारेका थिए ।

    यसैबीच आज भएको बुटवल उपमहानगरपालिका र गैडहवा गाउपालिकाबिचको प्रतियोगितामा बुटवल विजयी भएको छ भने तिलोत्तमा नगरपालिका र सुद्वोदन गाउपालिकाबिचको प्रतियोगितामा तिलोत्तमा नगरपालिका विजयी भएको छ ।

    त्यस्तै आजै भएको सिद्वार्थनगर नगरपालिका र सुद्वोदन गाउपालिकाबिचको अर्को खेलमा सुद्वोदन विजयी भएको छ ।तीन दिनसम्म चल्ने प्रतियोगिताको विजेताले नगद ५० हजार,उपविजेताले ३० हजार,तृतीय हुनेले २० हजार र सान्त्वना हुनेले नगद १० हजार प्राप्त गर्नेछन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology