Logo मंगलवार, श्रावण १२ गते २०८३
images

समाज यो बुझाउँदै संस्कार दिने मेरी आमा !

समाज यो बुझाउँदै संस्कार दिने मेरी आमा !

  • 3.5K
    SHARES

  • समाज यो बुझाउँदै संस्कार दिने मेरी आमा !

    -कपिल ज्ञवाली ‘जिज्ञासु’

    आशिर्वाद, स्नेह र प्यार दिने मेरी आमा ,
    यो धर्तिमा स्वागत गरि, संसार दिने मेरी आमा  ।

    आफ्नो पराइ चिनाउदै क ख न न  सिकाउदै,
    समाज यो बुझाउदै, संस्कार दिने मेरी आमा ।

    आफ्ना सारा दु:ख ,पीर पीडा सबै लुकाएर,
    सन्तान जिताउन आफै, हार दिने मेरी आमा ।

    दान गर पुण्य मिल्छ, दिन जाने पो पाइन्छ,
    जुगैभर धर्म-कर्म, तार दिने मेरी आमा ।

    अभाव र गरिबी राम्रोसँग चिनेको छु,
    दुई माग्दा खुसी हुँदै,चार दिने मेरी आमा ।

    बुबालाई त देख्न पाइन तस्बिर हेर्दैछु,
    अघि बढ्न भरोसा र, आधार दिनेमेरी आमा ।

    माता तिर्थ ओैंशीको फेरि शुभकामना  ,
    धन्यवाद छ जीवनको, सार दिने मेरी आमा ।

    बुटवल,रूपन्देही ।

    kplgyawali3@gmail.com

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    कपिल ज्ञवाली

    डेढ दशकदेखि बुटवलमा रहेर पत्रकारितामा सक्रिय ज्ञवाली नागरिक अनलाइन डटकमका संस्थापक र चिफ एडिटर हुन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology