Logo मंगलवार, श्रावण १२ गते २०८३
images

वेष्ट्रन क्रिकेट क्लवको आयोजनामा यु-१४ क्रिकेट प्रतियोगिता 

वेष्ट्रन क्रिकेट क्लवको आयोजनामा यु-१४ क्रिकेट प्रतियोगिता 

  • 1.1K
    SHARES

  • वेष्ट्रन क्रिकेट क्लवको आयोजनामा यु-१४ क्रिकेट प्रतियोगिता 

    बुटवल,बैशाख १९ ।

    युवा क्रिकेट खेलाडीहरुलाई प्लेटफर्म दिने उदेश्यका साथ बिहिबारदेखी रुपन्देहीमा यु-१४ क्रिकेट प्रतियोगिता हुने भएको छ । बुटवल उपमहानगरपालिकाको सहयोग तथा वेष्ट्रन क्रिकेट क्लबको आयोजनामा जेट नेपाल यु-१४ टि ट्वान्टी क्रिकेट च्याम्पियनसिप हुने भएको हो ।

    बुटवलमा बुधबार पत्रकार सम्मेलन तथा ट्रफी अनावरण कार्यक्रम गरि प्रतियोगिताको तयारी पुरा भएको आयोजकले बताएको छ । एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगर खेलकुद विकास समितिका संयोजक बोनिन पिया,  क्रिकेट संघ लुम्बिनी प्रदेश सदस्य प्रथम पराजुली, रुपन्देही क्रिकेट संघ जिल्लाका कोषाध्यक्ष निरजप्रताप खाड, नेपाल जेटका सुमित लामिछानेले ट्रफी अनावरण गर्दै खेलाडी उत्पादनमा प्रतियोगिता र अभ्यास खेलहरु निरन्तर हुनुपर्ने बताए ।

    ग्रासरुट क्रिकेटमा विगत एक दशकदेखी रुपन्देहीमा योगदान दिदै आएको वेष्ट्रन वार्षिक रुपमा उमेर समुहका क्रिकेट प्रतियोगिता गर्दै आएको क्लबका अध्यक्ष भुवन पाण्डेले बताए । ‘खेलाडीहरुलाई आफनो क्षमता देखाउन प्रतियोगिताबाट सहयोग मिल्छ ।’  उनले भने ।

    प्रतियोगितामा रुपन्देही जिल्लाका विभिन्न क्लबका ८ टिमलाई दुई पोलमा राखेर खेलाइने छ । नहरपुर माबिस्थित खेलमैदान १० दिनसम्म चल्ने प्रतियोगितामा करीब ५ लाख खर्च हुने अनुमान रहेको छ । प्रतियोगितालाई टाईटन जेट नेपालले मुख्य स्पोन्सर गरेको छ ।

    यसैगरि ओसिस बिक्युब, हाईलाईट, बादशाह रिकण्डीसन, त्रिशक्ति फर्निचर उद्योग र हैदराबादी दम बिरायनीले प्रायोजन गरेको छ । प्रतियोगिताको उपाधि विजेताले नगद २१ हजार रुपैया, ट्रफी, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद ११ हजार रुपैया, ट्रफी, मेडल, प्रमाणपत्र तथा उत्कृष्ट खेलाडीहरुलाई समेत विधागत रुपमा नगद तथा मेडल प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology