Logo मंगलवार, श्रावण १२ गते २०८३
images

फेरि हालसम्मकै उच्च विन्दुमा पुग्यो सुनको भाउ

फेरि हालसम्मकै उच्च विन्दुमा पुग्यो सुनको भाउ

  • 1.5K
    SHARES

  • फेरि हालसम्मकै उच्च विन्दुमा पुग्यो सुनको भाउ

    काठमाडौं, वैशाख ७।

    नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि मंगलबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ३९ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

    आज सुन प्रतितोला एक लाख ३९ हजार तीन सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा एक सय रूपैयाँ बढी हो।बिहीबार प्रतितोला ६ सय रूपैयाँ घटेको सुनको भाउ आज अघिल्लो दिनको तुलनामा प्रतितोला सात सय रूपैयाँ बढेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३९ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार छ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।  बिहीबार छापावाल सुन प्रतितोला एक लाख ३८ हजार ६ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो।शुक्रबार चाँदीको मूल्य भने घटेको छ। 

    यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय २० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।बिहीबार चाँदी प्रतितोला एक हजार सात सय २५ रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रूपैयाँ घटेको हो।

    आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology