बुटवल,पुस १३ ।
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले प्रदेश सरकारका विरुद्ध अविश्वास प्रस्ताव दर्ता हुने अवस्था नआउँने दाबी गर्नु भएको छ ।
नेकपा भित्र केन्द्रमा देखिएको बिवादका कारण तत्काल लुम्बिनी प्रदेश सरकारमा फेरबदल तथा पुनर्गठन नहुने बताउँनुभयो । आज बसेको मन्त्रीपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता चौधरीले पार्टी भित्रको आन्तरिक बिवादका कारण तत्काल सरकार फेरबदल तथा पुनर्गठन नहुने बताउनु भएको हो ।
१० दिनको अन्तरमा बसेको प्रदेश मन्त्रीपरिषदको बैठकमा सबै मन्त्री सहभागि भएको र बैठकमा पार्टी भित्रको आन्तरिक बिवादको बिषयमा कुरै नउठेको भन्दै मन्त्री चौधरीले प्रदेश सरकारले अगाडी सारेका कार्यक्रमलाई तिब्रताकासाथ अगाडी बढाउनुपर्नेमा मुख्यमन्त्री शंकर पोखरेलले जोड दिएको जानकारी दिनुभयो ।
पार्टी भित्र देखिएको बिवादको बिषयमा बैठकमा कुनै कुरा नउठेको भन्दै मन्त्री चौधरीले केन्द्रमा देखिएको बिवादका कारण तत्काल प्रदेशमा सरकार फेरबदल र कसैलाई मन्त्रीबाट नहटाउने बताउनु भयो ।
केन्द्रमा भएको बिभाजनसँगै लुम्बिनी प्रदेशमा दुई समूह क्रियाशील रहे पनि दुवै समूहबाट तत्कालका लागि कुनै कदम नचाल्ने रणनीति अख्तियार गरेकोले तत्कालका लागि प्रदेश सरकार फेरबदल हुने तथा मन्त्रीपरिषद पुनर्गठन हुने सम्भावना टरेको हो ।
प्रदेश सरकारका प्रवक्ता चौधरीले केन्द्रमा देखिएको पार्टी बिभाजनको असरका कारण प्रदेश सरकार फेरबदल नहुने र कुनै मन्त्रीलाई बर्खास्त नगर्ने बताएका बेला अर्को समूहका एक मन्त्रीले पनि मुख्यमन्त्रीले नहटाएसम्म सरकारबाट नबाहिरिने प्रतिक्रिया दिए ।
दुई खेमाका दुई मन्त्रीको अभिव्यक्तिले दुई समूहमा बिभाजित भए पनि प्रदेशमा मिलेर सरकार सञ्चालन गर्ने बिषयमा दुवै समूह सहमत भएको बुझ्न सकिन्छ ।
पार्टी भित्रको आन्तरिक बिवादका कारण बागमती प्रदेश र प्रदेश नं १ सरकार बिरुद्ध अबिस्वास प्रस्ताव दर्ता भैरहेका बेला लुम्बिनी प्रदेशमा भने त्यसको खासै असर नदेखिएको हो ।
यसैबीच सोमबार बसेको प्रदेश मन्त्रीपरिषद बैठकले दाङको तुल्सीपूर उपमहानगरपालिका र स्पेनको भिक्टोरीया प्रान्त स्थित विलवाओ नगरपरिषदसँग भगिनी सम्बन्ध कायम गर्न संघीय सरकारलाई सिफारीस गर्ने निर्णय गरेको प्रवक्ता चौधरीले जानकारी दिनुभयो ।
यी समाचारहरु पनि पढाैँ:-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)