Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेपाली काँग्रेसद्वारा देशभर विरोध प्रदर्शन शुरु,भैरहवामा प्रमुख सचेतक खाँणले सम्बाेधन गर्दै

नेपाली काँग्रेसद्वारा देशभर विरोध प्रदर्शन शुरु,भैरहवामा प्रमुख सचेतक खाँणले सम्बाेधन गर्दै

  • 5.7K
    SHARES

  • नेपाली काँग्रेसद्वारा देशभर विरोध प्रदर्शन शुरु,भैरहवामा प्रमुख सचेतक खाँणले सम्बाेधन गर्दै

    बुटवल,पुस १३-

    नेपाली काँग्रेसले देशभरका १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन शुरु गरेकाे छ । काँग्रेसले संसद बिघटन गर्ने सरकारको कदमविरुद्ध देशका सबै निर्वाचन क्षेत्रमा एकसाथ विरोध प्रदर्शनको आयोजना गरेको हो ।nc.jpg

    काँग्रेस केन्द्रीय कार्यसमितिले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटनको सिफारिश गरी राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेको कदमलाई असंवैधानिक भन्दै विरोध प्रदर्शन गर्दै आएको छ । nepali-congress-protests.jpg

    नेपाली काङ्ग्रेस रुपन्देहीले जिल्लाका ५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा विघटनको विरुद्धमा आज बिरोधसभा शुरु भएको छ  । निर्वाचन क्षेत्र नम्बर १ को धकधइमा, निर्वाचन क्षेत्र नम्बर २ को बुटवलमा, क्षेत्र नम्बर ३ को भैरहवामा , निर्वाचन क्षेत्र नम्बर ४ को मझगावामा र ५ नम्बरको सालझण्डीमा बिरोध सभाको आयोजना गरिएको सभापति अब्दुल रज्जाकले नागरिक अनलाइनलाइ बताए ।nepali-congress-protests.jpg

    सम्पुर्ण काङ्ग्रेस कार्यकर्ता एवम सर्वसाधारणलाइ बिरोधसभामा सहभागी हुन सचिब रामकृष्ण खाँणले आग्रह गरेका छन ।

    कस्ले कहाँ सम्बाेधन गर्दैछ ?

    सभापति शेरबहादुर देउवा– भक्तपुरको मध्यपुर थिमी 
    वरिष्ठ नेता रामचन्द्र पौडेल– तनहुँ
    महामन्त्री डा. शशांक कोइराला–नवलपुर
    पूर्व महामन्त्री प्रकाशमान सिंह –काठमाडौं, नयाँ बानेश्वर
    प्रवक्ता विश्वप्रकाश शर्मा – काठमाडौं, कोटेश्वर 
    केन्द्रीय सदस्य नवीन्द्रराज जोशी – काठमाडौं, बसन्तपुर
    केन्द्रीय सदस्य गगन थापा– नेपालगञ्ज 

    केन्द्रीय सदस्य तथा  प्रमुख सचेतक बालकृष्ण खाँण- रुपन्देही, भैरहवा ।

    भैरहवाको बिरोधसभामा काङ्ग्रेस नेता तथा प्रमुख सचेतक बालकृष्ण खाँणले सम्बाेधन गर्दैछन् ।यता बुटवलमा पनि बिराेध प्रदर्शन शुरु भएको छ । अस्पताललाइनबाट बिराेध र्याली सहित बजार परिक्रमा गरेर ट्राफिकचाेकमा आमसभा हुने काँग्रेस बुटवल नगर सभापति खेलराज पाण्डेयले बताए  ।nepali-congress-protests.jpg

    nc.jpg

    संसद् विघटनसँगै प्रदेश सरकारहरू धरापमा,लुम्बिनी प्रदेशमा नेतृत्व बदल्ने प्रयास तीव्र !

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology