Logo मंगलवार, श्रावण १२ गते २०८३
images

१८ टिमको सहभागितामा फूलबारी गाईजले बुटवलमा खुल्ला फुटसल गर्ने

१८ टिमको सहभागितामा फूलबारी गाईजले बुटवलमा खुल्ला फुटसल गर्ने

  • 4.3K
    SHARES

  • १८ टिमको सहभागितामा फूलबारी गाईजले बुटवलमा खुल्ला फुटसल गर्ने

    बुटवल,पुस ८ -

    दोस्रो रुपन्देही खुल्ला फुटसल प्रतियोगिता २०७७ विहिबारदेखि बुटवलमा  हुने भएको छ । फूलबारी गाईजको आयोजनामा हुने दुई दिने प्रतियोगिताको तयारी पुरा भएको बुधबार पत्रकार सम्मेलन गरि आयोजकले बताएको हो ।

    लुम्बिनी फुटसल एरिया योगिकुटीमा हुने प्रतियोगितामा मुग्लिङ, पाल्पासहित जिल्लाका उत्कृष्ट १८ टिमको सहभागिता रहने संयोजक सुशील तामाङले बताए । प्रतियोगिताको उपाधि विजेताले नगद ५५ हजार, मेडल, ट्रफि र प्रमाणपत्र तथा उपविजेता टिमले नगद २५ हजार, मेडल, ट्रफि र प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

    यसैगरि विधागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कार गरिने उनले बताए । विहिबार उद्घाटन खेल लाफा एफसी, बुटवल र हिमालय गोर्खा एफसी, खैरेनी का बिचमा हुने छ ।

    क्लबका अध्यक्ष शिव रानाले खेलकुदको माध्यमबाट युवाहरु बिचमा भातृत्ब र एकता कायम गर्ने उदेश्यका साथ प्रतियोगिता गर्न लागेको बताए । कार्यक्रममा क्लबका सल्लाहकार वरिष्ठ हसन्त लामाले कोभिड १९ का कारण मानसिक र शारिरिक पिडामा रहेका खेलाडीहरुलाई प्रतियोगिताबाट खेलमा फर्कन सहयोग मिल्ने बताए।

    कार्यक्रममा क्लबका सल्लाहकार याम बराल, सन्जु बस्नेत, सचिव तेज बहादुर रानाले युवाहरुको अगुवाईमा खेलकुद र सामाजिक काममा अग्रसर रहेको बताए । प्रतियोगिता सम्पन्न गर्न २ लाख १५ हजार खर्च अनुमान रहेको छ । गतवर्ष स्मृति स्पोर्ट्स एकेडेमीले उपाधि चुमेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology