बुटवल,पुस १०।
बुटवल लेडी जेसीजको बुटवलमा बार्षिक साधारण सभा तथा २७ औं अधिवेशन सम्पन्न भएको छ । कार्यक्रममा सहभागी भएका जेसीज अभियन्ताहरुले असल नेतृत्व विकासकालागि जेसीजले खेलेको भुमिका अनुकरणीय रहेको बताए ।
बुटवल लेडी जेसीजका अध्यक्ष कमला लम्सालको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन गर्दै नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष अनुपमान सैजुले युवासँगै महिलाको क्षमता विकासमा जेसीजले खेलेको भुमिका महत्वपुर्ण रहेको बताउनुभयो । उहाँले समस्यासँग जुध्न र आफ्नो कौशलतालाई प्रदर्शन गर्न जेसीजले महिलाहरुलाई सक्षम र आत्मविश्वासी बनाएको विश्वास ब्यक्त गर्नुभयो ।
लेडी जेसीजका कार्यकारणी उपाध्यक्ष बसन्ता घिमिरेको स्वागत, सह–सचिव अपुर्वा खनालको आस्थापाठ तथा महासचिव रुपा पाठक श्रेष्ठको संचालनमा भएको कार्यक्रममा नेपाल जेसीज वर्ष २०२३ का एरिया डि ट्रेनिङ कोर्डिनेटर राजन शर्मा पौडेल, बुटवल जेसीजका अध्यक्ष हरिविक्रम कुवँर, बुटवल जेसीजका पुर्व अध्यक्ष राजिव गौतम, बुटवल लेडी जेसीजका संस्थापक अध्यक्ष रेखा शर्मा कट्टेल, निवर्तमान अध्यक्ष अनुपमा श्रेष्ठ, जेसी किर्ति पाण्डे लगायतले युवा तथा महिलाहरुको नेतृत्व तथा ब्यक्तित्व विकासकालागि जेसीज राम्रो प्लेटफर्म रहेको बताउनुभयो ।
संगीता ढकालको अध्यक्षतामा नयाँ नेतृत्व :
सम्पन्न अधिवेशनले संगीता ढकालको अध्यक्षतामा वर्ष २०२४ का लागि बुटवल लेडी जेसीजमा नयाँ नेतृत्व चयन गरेको छ ।
जसको कार्यकारणी उपाध्यक्षमा सपना ज्ञवाली गैरे र बिनुदेवी रिजाल, उपाध्यक्षमा अपुर्वा खनाल, शुस्मा जिसी, कविता श्रेष्ठ र लक्ष्मी पौडेल, महासचिवमा रुपा श्रेष्ठ, कोषाध्यक्षमा संगीता मरासिनी, सह–सचिवमा कृर्ति पाण्डे र सह–कोषाध्यक्षमा मेरिना बर्मा सर्वसम्मत निर्वाचित हुनु भएको निर्वाचन आयुक्त अनुपमा श्रेष्ठले नागरिक अनलाइनलाई जानकारी दिनुभयो । उहाँका अनुसार कानुनी सल्लाहकार रुपा श्रेष्ठ पाठक र सीइएमा वेदना पाण्डेलाई चुनिएको छ ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)