Logo मंगलवार, श्रावण १२ गते २०८३
images

मोरङमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

मोरङमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

  • 4.4K
    SHARES

  • मोरङमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

    मोरङ,भदौ १९-

    मोरङमा थप दुई जना व्यक्तिको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा विराटनगर-४ निवासी ६४ वर्षीय महिला र कदमाहाका ५२ वर्षीय पुरुष रहेको कोसी अस्पतालका प्रवक्ता डा. लक्ष्मी नारायण यादवले जानकारी दिए।

    विराटनगरकी महिलाको भने शुक्रबार बेलुकी साढे सात बजे कोसी अस्पतालको आइसोलेसनमा मृत्यु भएको थियो। शनिबार बिहान भने उनको रिपोर्ट पोजेटिभ आएको छ।

     उनलाई शुक्रबार दिउँसै कोसी अस्पताल भर्ना गरिएको थियो। भर्ना गर्दा उनमा पखला र सास फेर्न गाह्रो रहेको र अवस्था गम्भीर रहेको  यादवले जनाए।

    अहिले मृतकको शव व्यवस्थापनको लागि नेपाली सेनाको टोलीलाई खबर गरिएको अस्पतालले जनाएको छ।कदमाहाका पुरुषको भने शनिबार बिहान साढे ११ बजे मृत्यु भएको डा. यादवले बताए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology