Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देहीमा लकडाउनकाे माेडालिटी परिवर्तन गर्दै २८ गतेसम्म लम्ब्याइयाे,निश्चित समयमा मात्रै व्यापार व्यवसाय संचालन गर्न पाइने !

रुपन्देहीमा लकडाउनकाे माेडालिटी परिवर्तन गर्दै २८ गतेसम्म लम्ब्याइयाे,निश्चित समयमा मात्रै व्यापार व्यवसाय संचालन गर्न पाइने !

  • 20.5K
    SHARES

  • रुपन्देहीमा लकडाउनकाे  माेडालिटी परिवर्तन गर्दै २८ गतेसम्म लम्ब्याइयाे,निश्चित समयमा मात्रै व्यापार व्यवसाय संचालन गर्न पाइने !

    बुटवल, भदौ २०। 

    रुपन्देहीमा जारी लकडाउनकाे माेडालिटी परिवर्तन गरिएकाे छ । भोलिदेखि लकडाउन खुकुलो बनाउने निर्णय गरिएकाे छ जसअनुसार सिमित समयका लागि रुपन्देहीका बजार खुल्ने छन्।

    बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म व्यापार व्यवसाय खोल्न पाउने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएकाे छ। दैनिक उपभोग्य वस्तु र सेवा भने बिहान ९ बजेसम्म र बेलुका ५ बजे देखि बेलुका ७ बजेसम्म चल्नेछन्। 

    बैंक तथा वित्तिय संस्थाहरुले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी भीडभाड नहुने व्यवस्था मिलाएर नियमित सेवा दिनसक्ने प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले बताए।

    तर, उद्योग व्यवसाय अन्तरगतका नेपाल सरकारले तोकेको उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रले अपनाउनुपर्ने सुरक्षा मापदण्ड तथा स्वास्थ्य सुरक्षासम्बन्धि मापदण्ड विपरीतका काम गर्न रोक लगाएको छ।

    यस्तै सरकारी कार्यालयहरुमा भीडभाड नहुने व्यवस्था मिलाएर सुरक्षा तथा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरी सेवा प्रवाहको व्यवस्था मिलाउन भनेको छ।

    यस्तै सभा,गोष्ठी,तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, हाटबजार, सपिङ कम्प्लेक्स, डिपार्टमेन्टल स्टोर, सैलुन, ब्युटी पार्लर, समूहमा खेलिने खेलकुद, पूस्तकालय,  संग्रहालय, स्पा, स्विमिङ पुल, मनोरञ्जनस्थलहरु भने बन्द रहनेछन्।

    प्रशासनले उद्योग व्यवसाय सञ्चालनका लागि स्वास्थ्य मापदण्डविपरीत श्रमिक तथा कामदार ओसारपसार गर्न पनि नपाउने भनेको छ।यस्तै विभिन्न नाका प्रयोग गरेर गैरकानुनी रुपमा नेपाल भारत आउनजान पनि रोकेको छ। तर बेलहिया नाकाबाट हुने आवतजावतलाई भने नेपाल सरकारले तोकेबमोजिम हुने भनेको छ।

    यी समाचार पनि पढाैँ :-

    लकडाउनकाे निर्णय यही भदौ २० गते रातीदेखि २८ गते राती १२ बजेसम्म कायम रहनेछ।  जिल्लाभित्र सरकारले अनुमति दिएका बाहेक कुनैपनि गाडी भने चलाउन नपाइने प्रशासनकाे आदेश छ । अत्यावश्यकीय वस्तु र सेवा अन्तरगत पर्ने गाडी भने चल्न पाउनेछन्।

    हेराैँ आदेश :-

    1.jpg

    2.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology