Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेफ्स्कुन लुम्बिनी प्रदेश सञ्चालकमा बुटवलका कृष्ण चौहान क्षेत्रीले उम्मेदवारी दिने

नेफ्स्कुन लुम्बिनी प्रदेश सञ्चालकमा बुटवलका कृष्ण चौहान क्षेत्रीले उम्मेदवारी दिने

  • 6.4K
    SHARES

  • नेफ्स्कुन लुम्बिनी प्रदेश सञ्चालकमा बुटवलका कृष्ण चौहान क्षेत्रीले उम्मेदवारी दिने

    बुटवल, पुस ३  ।

    नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) लुम्बिनी प्रदेश सञ्चालकमा रुपन्देहीका कृष्णचौहान क्षेत्रीले उम्मेदवारी दिने भएका छन्।
    बुटवल स्थित सशक्त बचत तथा ऋण सहकारी संस्था लि को अध्यक्ष समेत रहेका चौहान,प्रदेश बचत तथा ऋण सहकारी संघ लिका लेखा सुपरिवेक्षण समितिका संयोजक र रुपन्देही बचत तथा ऋण सहकारी संघका निवर्तमान उपाध्यक्ष र हालका सल्लाहकार समेत हुन्।

    सहकारी क्षेत्रमा लामो समय क्रियाशील रहेका चौहानले सहकारी संघसंस्थामा अहिले आएको समस्या,केन्द्रीय संघहरुप्रति प्रारम्भिक संस्थाको विश्वसनीयतामा कमी,सहकारी ऐनमा भएका समस्या लगायतका समस्याहरु समाधान गर्न उम्मेदवारी रहेको नागरिक अनलाइनलाइ बताए।

    विभिन्न संघसंस्थामा आबद्ध चौहान नेपाल स्वयंसेवी रक्तदाता समाजको केन्द्रीय महासचिव र रुपन्देही जिल्ला शाखा अध्यक्ष समेत हुन।नेफस्कुनको २०८० पुस ७ र ८ गते काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने ३२ औं साधारण सभाले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने  छ ।

    सहकारी ऐन २०७४, सहकारी नियमावली २०७५ जारी भएपश्चात ऐनको कार्यान्वयन पक्ष निकै फितलो रहेको र कार्यान्वयनका पक्षधरहरू सहकारी नियामक निकाय, सहकारी अभियन्ता र सम्पूर्ण सहकारीकर्मीहरूको निष्कृयताले हालको समस्या उत्पन्न भएको हुँदा यसको समाधानका लागि सक्रिय भूमिका खेल्न आफूले नेफ्स्कुनमा उम्मेदवारी दिने उनको भनाइ छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology