बुटवल,मंसिर २१ ।
नेत्रहिन युवा संघ रुपन्देहीले माईराईट्ससंगको सहकार्यमा सञ्चालित परियोजना अन्तिम चरणमा पुगेको छ । परियोजना मार्फत १ बर्षमा विभिन्न कार्यक्रम गरिएको जानकारी गराएको हो ।
जस अनुसार दृष्टिविहिन विद्यार्थीहरुको लागि पिडीएफ अक्षर पढेर सहजताको लागि ओसीआर तालिम,संस्थागत कार्यक्षमता विकास तालिम, कानुनी साक्षरता,दृष्टिविहिन वाल क्लव गठनसहित पालिकामा अपाङ्गता भएका युवाहरुको पैरवीको लागि समेत कार्यक्रम गरिएको जनाएको हो ।
परियोजनाबाट भएका कार्यक्रमबारे जानकारी दिन मणिग्राममा आयोजित कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष जीवन पोखरेलले परियोजनाबाट अपाङ्गता भएका युवाहरुको क्षमता,सीप विकासमा ठुलो परिर्वतन भएको बताए । सो अवसरमा टीकाराम घिमिरे,लक्ष्मी पाण्डे लगायतले बोलेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)