Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बैँकले १६ प्रतिशत भन्दा धेरै ब्याज लिएको भए उजुरी गर्नुस् : गभर्नर अधिकारी

बैँकले १६ प्रतिशत भन्दा धेरै ब्याज लिएको भए उजुरी गर्नुस् : गभर्नर अधिकारी

  • 1.2K
    SHARES

  • बैँकले १६ प्रतिशत भन्दा धेरै ब्याज लिएको भए उजुरी गर्नुस् : गभर्नर अधिकारी

    काठमाडाैँ,मंसिर १५।

    नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीले कुनैपनि बैँकले ब्याज लिएको भए राष्ट्र बैँकमा गुनासो गर्न आग्रह गरेका छन्।

    शुक्रवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले उद्योगी व्यवसायीहरुले बैँकहरुले नियमविपरित ब्याज लिएको स्टेटमेण्ट लिएर राष्ट्र बैँकमा गुनोसो गरे अनुगमन गरी ब्याज फिर्ता गराउने बताए।

    उनले राष्ट्र बैँकले अघिल्लो वर्षमा लिइएको बढी प्रिमियम बापतको ४ अर्ब ७६ करोड रुपैयाँ व्यवसायीहरुलाई फिर्ता गराएको उल्लेख गर्दै बैँकले बढी ब्याज लियो भनेर बाहिर गुनासो गर्दै हिँड्नुभन्दा राष्ट्र बैँकमा गुनासो गर्न व्यवसायीहरुलाई आग्रह गरे।

    व्यवसायीले बैँकले १६/१८ प्रतिशत ब्याज लियो भन्दै नहिँड्न उनले आग्रह गरे। गभर्नर अधिकारीले व्यवसायीहरुले बैँकहरुले लिँदै नलिएको १८ प्रतिशत ब्याजको विषयमा बोल्दा बजारलाई अनावश्यक रुपमा अराजकता फैलाउनेहरुका लागि प्रोत्साहन मिल्ने बताए। उनले ठूला व्यवसायीहरुले बैँकहरुबाट लिएको कर्जाको ६ देखि ८ प्रतिशतभन्दा बढी ब्याज नतिरेको उल्लेख समेत गरे।

    बैँकहरुको ब्याजदर १० प्रतिशत हुँदा पनि व्यवसायीहरुले ८ प्रतिशत ब्याजमा ऋण लिइरहेको स्पष्ट पार्दै उनले उद्योगी व्यवसायीहरुले ऋण लिनुभन्दा पहिला आफ्नो व्यवसाय योजना बनाउने नगरेको बताए।उनले आफ्नो व्यवसाय नहेरी कर्जा लिँदा व्यवसायीहरुलाई व्यक्तिगत रुपमा समस्या परेको भन्दै उक्त समस्या राज्य र राष्ट्र बैंकमाथि थुपार्नु गलत भएको पनि बताए।

    गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्र संरचनागत हिसाबले समस्यामा रहेको बताए। उनले मुलुकको अर्थतन्त्र रेमिट्यान्समा निर्भर रहेको भन्दै रेमिट्यान्सको निर्भरताका विषयमा सबैले गम्भीर भएर सोच्नुपर्ने बेला भएको बताए।

    उनले सरकार र राष्ट्र बैंकका हेरक नीतिहरु आन्तरिक उत्पादनलाई बनाउने विषयमा केन्द्रित रहेको बताए। उनले नीति तथा कार्यक्रम बजेट र मौद्रिक नीतिमा आन्तरिक उत्पादनलाई बढाउने स्पष्ट नीतिहरु उल्लेख भएको दाबी गरे।उनले राष्ट्र बैंकले बजेटलाई असहयोग गरेको भनेर लाग्ने गरेको आरोपमा गभर्नरले असन्तुष्टि व्यक्त गर्दै बजेटमा भएको कुन विषयमा राष्ट्र बैकले सहयोग गरेको छैन ? भन्दै प्रश्न गरे।  

    गभर्नर अधिकारीले आर्थिक शिथिलताका कारण बैंकहरुको खराब कर्जामा समस्या आएको बताए।उनले राष्ट्र बैंकले बैंकहरुको खराब कर्जा थप नबढोस् भनेर नै नीतिगत रुपमा कडाइ गरेको बताए।  

    गभर्नर अधिकारीले बैंकको नेट एनपीए १.५ प्रतिशत भन्दामाथि नगएको भन्दै नेपालको बैंकिङ क्षेत्रमा समस्या नभएको बताए।उनले वाह्य क्षेत्र इतिहासकै धेरै बलियो अवस्थामा रहेको भन्दै १०.३ महिनाको वस्तु र सेवा आयात गर्नसक्ने क्षमता रहेको बताए।

    गभर्नर अधिकारीले खराब कर्जाको असरले कर्जाको गुणस्तर समेत कमजोर बनाइरहेको बताए। उनले व्यवसायीहरुले ऋण लिँदा आफ्नो क्षमता नहेरेकाले अहिले तिर्नुपर्दा केही समस्या परेको उल्लेख गरे।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology