Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेपाल जेसिजको अध्यक्षमा अरूणेश्वर खनाल बिजयी ,१७ पदमा को-को चुनिए ?[सूचि सहित]

नेपाल जेसिजको अध्यक्षमा अरूणेश्वर खनाल बिजयी ,१७ पदमा को-को चुनिए ?[सूचि सहित]

  • 8.4K
    SHARES

  • नेपाल जेसिजको अध्यक्षमा अरूणेश्वर खनाल बिजयी ,१७ पदमा को-को चुनिए ?[सूचि सहित]

    बुटवल,पुस ४ -

    नेपाल जेसिजको वर्ष २०२१ को अध्यक्षमा अरूणेश्वर खनाल बिजयी भएका छन्। उनी बीसहजार जेसिज चितवनका तर्फबाट अध्यक्षका उम्मेदवार बनेका थिए ।

    पुस १ गतेदेखि ४ गतेसम्म रुपन्देहीको तिलोत्तमा भएको ४७औं राष्ट्रिय महाधिवेशनमा १७ पदका लागि ६७ जनाको उम्मेदवारी दर्ता भएको थियाे ।

    खनालले १०९० ल्याएर बिजयी भए भने उनका निकटतम प्रतिद्वन्दि लालमणी भण्डारीले ५१२ मत ल्याए ।JCI.jpg

    कार्यकारिणी उपाध्यक्षमा सुमन कृष्ण श्रेष्ठ,भाेजराज चापागाइ,अरूणकुमार दाहाल,शिबप्रसाद भुसाल निर्वाचित भए  । त्यस्तैगरी राष्ट्रिय उपाध्यक्षमा रजनी थापा,बिमल ज्ञवाली, कल्पना पाण्डे कुशुम, राजन गाैतम, पायल शर्मा, सुजन बरुवाल, गाैतम शाह , सुनिल तिमिल्सिना, बिमला सुबेदी, प्रमिशा काफ्ले, दीपेन्द्र निराैला र अनाेज जाेशी  छन् ।

    महासचिवमा विकास मानन्धर,कोषाध्यक्षमा पबिन्द्र भट्टराइ र कानुनी सल्लाहकार गाेकुल सापकाेटालाइ  अध्यक्षले मनोनित गरेका छन् । ती पदमा अध्यक्षले मनोनित गर्न पाउने जेसिजको विधानमा व्यवस्था छ।

    त्यस्तैगरी देशभरका शाखा अध्यक्षबाट बुटवल लेडी जेसिजका अध्यक्ष कल्पना कुशुम उत्कृष्ट अध्यक्ष भएर अवार्ड र बुटवल लेडी जेसिजले क्षेत्र ४ मध्ये उत्कृष्ट भएर एसडिजी अवार्ड समेत पाएको बुटवल लेडी जेसिजका महासचिब अनुपमा श्रेष्ठले नागरिक अनलाइनलाइ जानकारी दिइन् ।

    भलबारी जेसिजको आतिथ्यतामा महाधिवेशन  भएको हाे ।महाधिवेशनशनको उद्घाटन नेपाली काँग्रेसका महामन्त्री डा शशांक काेइरालाले गरेका थिए ।

    महाधिवेशनमा एक जना अध्यक्ष, चार जना कार्यकारिणी उपाध्यक्ष र १२ जना उपाध्यक्ष गरी १७ पदमा एक वर्षे कार्यकालका लगि निर्वाचन भएका छन्।

    वर्ष २०२१ का लागि अध्यक्ष पदका लागि ७ जना,कार्यकारिणी उपाध्यक्ष पदका लागि १७ जना र उपाध्यक्ष पदका लागि ४३ जनाको उम्मेदवारी दर्ता भएको थियाे ।

    नेपाल जेसिज वर्ष २०२१ लागि अध्यक्षमा अरूणेश्वर खनाल बीसहजार जेसिज, विकास मानन्धर काभ्रे जेसिज, रविन पोखरेल नुवाकोट जेसिज, श्यामसुन्दर पौडेल विराटनगर जेसिज, लालमणि भण्डारी त्रिभुवन नगर जेसिज, शोभा खरेल हेटौंडा लेडी र गोकुल सापकोटा मैदानमा थिए ।

    त्यस्तै, थानकोट जेसिजबाट मोहनलाल डाँगी, पाटन लेडीबाट सुम्रिता शर्मा, पाटन जेसिजबाटै सुमन कृष्ण श्रेष्ठ , रूकमेणी सिग्देल बकुण्डेबेंसी वेसी, कञ्चन झा दुहबी जेसिज ,मुकुन्द दाहाल काठमाडौं जेसिज,अरूण कुमार दाहाल हेटौंडा जेसिज ,रमा प्याकुरेल बालकोट लगायत १७ जना कार्यकारिणी उपाध्यक्ष पदका लागि भिडेका थिए ।

    त्यस्तै राष्ट्रिय उपाध्यक्षका लागि सितापाईला जेसिजबाट अभिषेक दुलाल,इमाडोल जेसिजबाट सोनित राज ढुंगेल, दुहवी जेसिजबाट विमला सुवेदी कार्की, बुटवल लेडीबाट कल्पना पाण्डे, महेन्द्रनगर जेसिजबाट हरिश भट्ट लगायत ४३ जनाले प्रतिस्पर्धामा उत्रिएका थिए ।

    एक हजार सात सय जना मतदाता रहेको जेसिज महाधिवेशनमा देशभरका १५६ वटा शाखाका अध्यक्ष, बोर्ड डाइरेक्टर, पूर्वअध्यक्षहरू, उम्मेदवारलगायत तीन सय जनादेखि चार सय जनाको उपस्थिति थियाे ।JCI LIST VOTE.jpg

    विगतमा प्रतिनिधि र पर्यवेक्षक गरी तीन हजार जनासम्म सहभागी हुने गरेकामा यस वर्ष कोरोना महामारीका कारण न्यून सहभागिता भयाे ।jci leader.jpg

    याे पनि पढाैँ :- सरकार असफल भो,तीनबर्षमा सिन्कोपनि भांच्न सकेन :महामन्त्री कोईराला

     

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology