Logo बिहिवार, आश्विन १ गते २०८३
images

सरकार असफल भो,तीनबर्षमा सिन्कोपनि भांच्न सकेन :महामन्त्री कोईराला

सरकार असफल भो,तीनबर्षमा सिन्कोपनि भांच्न सकेन :महामन्त्री कोईराला

  • 2.8K
    SHARES

  • सरकार असफल भो,तीनबर्षमा सिन्कोपनि भांच्न सकेन :महामन्त्री कोईराला

    बुटवल,पुस १-

    प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका महामन्त्री डा.शंशाङ्क कोईरालाले दुई तिहाईको वर्तमान कम्युनिष्ट सरकारले अहिलेसम्म सिन्को पनि भाच्न नसकेको ओरोप लगाउँनु भएको छ  ।

    सरकार बनेको साढे तिन वर्ष वितिसक्दा कुनै नँया योजना ल्याउँन नसकेको उँहाको भनाई छ । नेपाल जेसिजको ४७ औं राष्ट्रिय महाअधिवेशनलाई रुपन्देहीमा उद्घाटन गर्दै उँहाले नेकपाको सरकारसँग नँया योजना ल्याउने सपना नै नभएको बताउँनुभयो ।

    सरकार बनेको ३ वर्ष वित्यो अहिलेसम्म कुनै नँया प्रोजक्ट आउन नसकेको उँहाले बताउँदै सरकारसँग नँया भिजिन नै नभएको काईरालाले आरोप लागउँनुभयो ।

    कांग्रेस पहिलो पटक सरकारमा आउँदा देशमा ७ हजार किलोमिटर मात्र सडक रहेको र अहिले देशमा १ लाख किलोमिटर भन्दा बढि सडक कांग्रेसले योजना ल्याएर बनेको दाबी गर्नुभयो ।

    देशमा ठुला परिवर्तन र विकासका ठुला योजना कांग्रसले ल्याएको कोईरालाको दाबी छ ।  युवालाई सक्षम बनाउन सकेमात्र देशको विकास हुने उँहाको भनाई छ ।

    सरकारले युवालाई सक्षम बनाउँनको लागि कृषि कार्यक्रमलाई जोड दिनु पर्ने बताउनुभयो । हाधिवेसनमा देशभरका १ सय ५६ शाखाका प्रतितिधिहरु सहभागी रहेको सैनामैना जेसिजका संस्थापक अध्यक्ष रामप्रसाद अधिकारीले जानकारी दिनुभयो  महाधिवेसनले वर्ष २०२१ का लागि नयाँ नेतृत्व चयन गर्ने छ ।

    जेसीजको राष्ट्रिय अध्यक्षको लागि चितवनका अरुणेश्वर खनाल, दाङका लालमणी भण्डारी र नुवाकोटका रविन पोखरेलबीच प्रतिस्प्रधा हुने छ । त्यसै गरी राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष, राष्ट्रिय उपाध्यक्ष लगायतको कार्यसमिति सदस्यको लागि निर्वाचन हुने छ। मतदान कार्यक्रम भने पर्सि शुक्रबार हुने छ। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology