Logo बिहिवार, आश्विन १ गते २०८३
images

साथीको छुरा प्रहारबाट पोर्चुगलमा धन बहादुरको मृत्यु

साथीको छुरा प्रहारबाट पोर्चुगलमा धन बहादुरको मृत्यु

  • 1.3K
    SHARES

  • साथीको छुरा प्रहारबाट पोर्चुगलमा धन बहादुरको मृत्यु

    भरत प्रधान/ लिस्बन,मंसिर ९ ।

    साथीको छुरा प्रहारबाट पोर्चुगलमा एक नेपाली युवाको निधन भएको छ । छुरा प्रहारबाट गम्भीर घाईते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ बर्षीय धन बहादुर क्षेत्रीको उपचारका क्रममा निधन भएको हो ।

    क्षेत्रीको सान्तियागो स्थित लिटरोल अलेन्टेजानो अस्पतालमा उपचारका क्रममा बिहीबार दिउँसो निधन भएको गैर आवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष उमेश खड्काले जानकारी दिनुभयो । मृतक क्षेत्रीको शव परीक्षणका लागि सोही अस्पतालको शवगृहमा राखिएको र उनको निधन बारे निजको परिवारलाई जानकारी गराईएको खड्काले बताउनुभयो । 

    पोर्चुगलको ओडिमिरा स्थित बोआभिस्ता बस्दै आएका क्षेत्रीलाई उनी सँगै बस्दै आएका पुतलीबजार नपा–१२, पेल्काचौर, स्याङ्जाका ३० बर्षीय लोकेन्द्र गुरुङले गत मंगलबार राती छुरा प्रहार गरेका थिए । खड्काका अनुसार छुरा प्रहारबाट क्षेत्रीको हात, छाती, घाँटी र पेटमा गम्भीर चोट लागेको थियो ।

    छुरा प्रहारबाट रगताम्मे भएका उनी घटनास्थलमै अचेत भएर ढलेका थिए । घटना लगत्तै प्रहरीलाई खबर गरिएको र क्षेत्रीको उद्धार गरि तत्काल अस्पताल पू¥याईएको थियो । गत मंगलबार राती कोठामा मासु काट्दै गरेका क्षेत्रीलाई मदिरा पिएर आएका गुरुङले एक्कासी छुरा प्रहार गरेको पोर्चुगलका लागि अवैतनिक नेपाली  महावाणिज्यदूत मकर बहादुर हमालले जानकारी दिनुभयो ।

    मासु काट्दै गरेको चक्कु खोसेर यसरी काट्ने हो मासु भन्दै क्षेत्री माथी गुरुङले अन्धाधुन्ध चक्कु प्रहार गरेको त्यहाँ रहेका अन्य नेपालीले बताएको हमालले बताउनुभयो ।छुरा प्रहार गरि फरार भएका गुरुङलाई प्रहरीले पक्राउ गरि थप अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो । नेपाली समुदाय बिच यस्तो खालको घटना घट्नु अत्यन्तै दुखद् भएको महावाणिज्यदूत हमालले बताउनुभयो । 

    क्षेत्री र गुरुङ वैदेशिक रोजगारीका सिलसिलामा आठ महिना अघि क्रोसिया हुदै पोर्चुगल आएका थिए । उनीहरु दुबै जना ओडिमिरा स्थित एक कृषि कम्पनीमा कार्यरत थिए । मृतक क्षेत्रीको श्रीमती, ३ छोेरा र १ छोरी नेपालमा रहेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology