आकाश सुबेदी /दिगाम,कार्तिक २७।
‘एकताबद्ध देश खेलकुदको सन्देश’ भन्ने नाराका साथ दिगाम युवा क्लब छत्रकोट ४ दिगाम गुल्मीले आयोजना गरेको खुल्ला क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा प्रथम स्टार युवा क्लव ११ चौतारा भएको छ भने द्वितीय दिगाम युवा क्लव भएको छ । प्रतियोगिताको उपाधी बिजेता स्टार युवा क्लब ११ ले २५ हजार नगदसंगै ट्रफी र प्रमाणपत्र पाएको छ भने उपविजेता दिगाम युवा क्लवले १५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाएको छ ।
समापनको अवसरमा खेलाडीहरुलाई पुरस्कार प्रदान गर्दै छत्रकोट गाउँपालिकाका उपाध्यक्ष सावित्रा ज्ञवालीले स्थानीय स्तरमा हुने यस्ता प्रतियोगिताले खेलाडीलाई प्रोत्साहन र हौसला दुवै प्राप्त हुने बताउनु भयो ।
उहाँले यस प्रकारका प्रतियोगिता आयोजना गर्न गाउँपालिकाले प्रोत्साहन दिदै जाने र आगामी दिनमा पनि प्रतियोगितालाई निरन्तरता दिन सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । खेल प्रतियोगिताभरी खेलाडीहरुलाई पानीको सौजन्य हरिकृष्ण सुवेदी ९एचके० ले गर्नुभएको थियो ।
दिगाम युवा क्लवका अध्यक्ष किरण न्यौपानेले क्रिकेट प्रतियोगिताको समापन तथा पुरस्कार बितरण कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन प्रबिन पन्थ र विक्रम न्यौपानेले गर्नुभएको थियो । कार्तिक २१ देखि सुरु भएको खेलको संयोजकमा अनुप थापा मगर रहनुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)