Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कविता : "याद"

कविता : "याद"

  • 2.0K
    SHARES

  • कविता  : "याद"

    -देवी डोटेल

    यादहरुको हुलमा
    कति शून्य बनिदिन्छ मन
    बस् याद नै यादहरु
    बाँच्न कहाँ सकिन्छ र
    यादहरु बिना ?

    अनि कहाँ सकिन्छ र
    भुलि जान ? 

    हिजोका तिनै यादहरुको
    डिलमा अल्झेको छ यो मन,
    आज कतै
    ती खेतहरु, 

    खेतमा झुलेका धानका वाला,
    ती बारीहरु,
    पहेँलै फूलेका तोरी संगै लहरै कोदाको बाला,
    ती पुतलीहरु, ती बाँसघारीहरु

    त्यो धारा, त्यो खोला
    आमाको न्यानो काख
    परिवारको प्यारो साथ
    बिरामी पर्दा समाउनी हात
    अस्पताल जाने साथ
    आफ्नै पखेराको सुशेलीले पठाएको
    याद बोकि

    यो रङ्गीचङ्गी
    तर विरानो शहरमा
    को आफ्नो को विरानो पत्तै छैन
    न चिन्न सकिन्छ! न बुझ्न सकिन्छ!

    देखावटी सम्बन्ध, अवसरवादी मान्छे
    हिजो संगै हाँस्ने तर
    रुदा साथ छोड्नेहरुको
    धरातलमा त बाँचेको छ
    आजको जिन्दगी

    यो शहरको गल्लिहरुमा
    मुस्कुराइरहेको छ जिन्दगी
    यादहरुकै यादमा।।

    धन्यवाद।

    (चापाकोट, स्याङ्जा)
    हाल, लिस्बोन-पोर्चुगल

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology