बुटवल,असाेज २१ ।
नेकपा एकिकृत समाजवादीका महासचिव घनश्याम भुसालले मुलुक बनाउने संकल्पका साथ समाजवादी जागरण अभियान शुरु गरिएको बताए ।
बुटवलमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले आफुहरुले भनेको कुरा नयाँ नभएपनि संकल्प र योजनाका साथ मुलुक बनाउने गरी समाजवादी जागरण अभियान शुरु गरिएको बताए । उनले मुलुकका छोराछोरी मुलुकमा बस्न नसकेको अवस्थामा यसले १० बर्षपछि ल्याउने भयंकर खताराबाट मुलुक जोगाउन पनि जागरण अभियान शुरु गर्नुपरेको बताए ।
उनले बेराजगारी उन्मूलन गर्ने, देशमा शिक्षा स्वास्थ्यलाई निशुल्क बनाउने र मुलुकलाई कृषिबाटै समृद्धिमा जाने संकल्पका साथ आफुहरुले योजना अघि सारेको बताए । उनले नेकपा एमालेका अध्यक्ष केपि ओलीले संसद विघटन गरेर देशमा बर्बादीको राजनीति गरेको आरोप लगाए ।
‘ओली जीले आफैभित्र चुनाव गर्न नचाहनेले संसद विघटन गरेर चुनाव गर्छु भनेर संविधानमाथि प्रहार गरियो, त्यसैका विरुद्ध हामीले हिम्मत कसेर ऐतिहासिक काम ग¥यौैं’ महासचिव भुसालले भने । उनले आफुहरुले संविधानको रक्षा गरेको र अब मुलुकमा रहेको गरिबि र बेरोजगारी उन्मूलन गर्ने ऐजेन्डा सहित जनताका विचमा आएको बताए ।
उनले बेरोजगारी समस्या समाधान गरि शुसाशन,,समृद्विका लागि समाजवादी जागरण अभियान शुरू गरिएको बताए ।
महासचिव भुसालले मुलुक बर्बाद पार्न खोज्ने सबै शक्तिका विरूद्व लडने बताए । उनले अहिले धर्म र जातिका नाममा लडाएर बेरोजगारी र गरिबी उन्मूलनकने मुद्वालमइ छायामा पार्ने प्रत्यन गरेको भन्दै त्यसका विरुद्ध लाग्नुपर्ने बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)