Logo बुधवार, श्रावण १३ गते २०८३
images

बुटवल उवा संघ रुपन्देही : नयाँ नेतृत्वको लागि अध्यक्ष पदमा दुई जनाको उम्मेदवारी

बुटवल उवा संघ रुपन्देही : नयाँ नेतृत्वको लागि अध्यक्ष पदमा दुई जनाको उम्मेदवारी

  • 1.2K
    SHARES

  • बुटवल उवा संघ रुपन्देही : नयाँ नेतृत्वको लागि अध्यक्ष पदमा दुई जनाको उम्मेदवारी

    बुटवल,असाेज २०।

    बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको २५ औं अधिवेशनबाट नयाँ नेतृत्वको लागि अध्यक्ष पदमा दुई जनाको उम्मेदवारी परेको छ ।

    नेपाली कांग्रेसको वर्चश्व रहेको संघमा नेतृत्वका दुवै आकांक्षी कांग्रेसका दुई समूहबाट मैदानमा प्यानलसहित गएपछि चुनावी रौनकता बढेको हो ।

    संघको ७० औं वार्षिक साधारण सभा तथा २५ औं अधिवेशन अन्तरगत सोमबार निर्वाचन हुँदैछ । अधिवेशनबाट आगामी कार्यकालको नेतृत्व लिनको लागि अध्यक्ष पदमा दिनेशप्रसाद श्रेष्ठ र हरिप्रसाद अर्यालको उम्मेदवारी परेको हो ।

    कार्यसमितिको वरिष्ठ उपाध्यक्ष र अर्याल पूर्व वाणिज्य उपाध्यक्ष हुनुहुन्छ ।वरिष्ठ उपाध्यक्ष र वाणिज्य उपाध्यक्ष पदमा भने एकल उम्मेदवारी परेको छ । वरिष्ठ उपाध्यक्ष पदमा टंकप्रसाद गैरे र वाणिज्य उपाध्यक्ष पदमा विमलराज भट्टराईको उम्मेदवारी परेको हो ।त्यस्तै उद्योग उपाध्यक्ष पदमा नविनप्रसाद श्रेष्ठ र सुरज भट्टराई, महासचिव पदमा बाबुराम विक र मुक्तिप्रसाद अधिकारी, कोषाध्यक्ष पदमा  प्रकाशकुमार श्रेष्ठ र बसन्तप्रसाद ढकाल, सचिव पदमा प्रतिक पोखरेल  र भेषराज गैरे तथा सहकोषाध्यक्ष पदमा  जाकिर हुसेन र धनकुमारी खनाल (सविता) को उम्मेदवारी परेको छ । एक एशोसियट सदस्य पदमा दुई जनाको उम्मेदवारी परेको छ । एशोसियट सदस्य पदमा बालकृष्ण पौडेल र राजु खरेलको उम्मेदवारी परेको छ ।

    त्यसैगरी ४ उद्योग सदस्य पदमा ८ जनाको उम्मेदवारी परेको छ । उद्योग सदस्य पदमा कृष्णप्रसाद पाण्डे,सुमोदमान सैंजू  सुर्य पराजुली,निर्मित कसजू,दीपकप्रसाद चापागाई, ज्ञानबहादुर पुन, नेत्रप्रसाद पाण्डे, , सुनिता शर्मा वञ्जाडेको उम्मेद्वारी परेको छ । ४ वाणिज्य सदस्य पदमा पनि ८ जनाको उम्मेदवारी परेको छ । वाणिज्य सदस्य पदमा टिकाराम वञ्जाडे, त्रिबिक्रम श्रेष्ठ , सतिष कसौधन,गणेशप्रसाद भट्टराई, काशिराम शर्मा पौडेल, कृष्णप्रसाद श्रेष्ठ (कुलप्रसाद), लोकनाथ पाण्डे, रामबहादुर भण्डारीको उम्मेदवारी परेको छ ।

    ७ खुल्ला सदस्य पदमा १४ जनाको उम्मेदवारी परेको छ । खुल्ला सदस्य पदमा लक्ष्मण ज्ञवाली, नारायणप्रसाद श्रेष्ठ,विष्णु घिमिरे पन्त (कमला), विष्णुप्रसाद पौडेल, विनय कसौधन, दीपक घिमिरे, दीप आचार्य, इञ्जल महमद मिया (अञ्जिल), जगन्नाथ न्यौपाने,  नारायण रायमाझी, प्रदिप शाक्य, माधवप्रसाद भुसाल, सवर मिया र उमेश अमात्यको उम्मेदवारी परेको छ ।

    २ महिला सदस्य पदमा ४ जनाको उम्मेदवारी परेको छ । महिला सदस्य पदमा रेनु श्रेष्ठ,सुनिता गिरी,जमुना पौडेल,नमकला वेलवासे (शारदा), को उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत बाबुराम पाण्डेले जानकारी दिनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology