Logo बिहिवार, आश्विन १ गते २०८३
images

थप १४ कोरोना संक्रमितको मृत्यु,मृतकको संख्या १७३० पुग्यो,९३६ जना संक्रमित थपिए

थप १४ कोरोना संक्रमितको मृत्यु,मृतकको संख्या १७३० पुग्यो,९३६ जना संक्रमित थपिए

  • 2.0K
    SHARES

  • थप १४ कोरोना संक्रमितको मृत्यु,मृतकको संख्या १७३० पुग्यो,९३६ जना संक्रमित थपिए

    बुटवल,मंसिर ३०-

    पछिल्लो २४ घण्टामा नेपालमा थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कुल कोरोना संक्रमित मृतकको संख्या १७३० जना पुगेको छ। 

    पछिल्लो २४ घण्टामा ९३६ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५० हजार १८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

    नेपालमा हालसम्म १८ लाख ४३ हजार ५८१ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ५२७ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये ९ हजार ८८१ जना सक्रिय संक्रमित छन्। 

    आज १९९६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या २ लाख ३८ हजार ५६९ पुगेको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology