Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रिगल आममाफी प्रकरण : सात दिनभित्र लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश

रिगल आममाफी प्रकरण : सात दिनभित्र लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश

  • 1.9K
    SHARES

  • रिगल आममाफी प्रकरण :  सात दिनभित्र लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश

    काठमाडौं,असोज १८ ।

    सर्वोच्च अदालतले रिगल भनिने योगराज ढकाललाई आममाफी दिनुको कारण सात दिनभित्र पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।

    आज (बिहीबार) न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासमा परेको उक्त रिटमा विपक्षीको नामममा कारण देखाउ आदेश जारी भएको हो ।

    रिगलले नेपालगन्जको धम्बोजी चोकमा चेतन मानन्धरलाई खुँडा प्रहार गरी हत्या गरेका थिए । बाँके जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएपनि नवौं संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा रिगलले आममाफी पाएका थिए ।

    रिगलको आममाफीविरुद्ध मृतक चेतन मानन्धरकी पत्नी भारती शेर्पा सर्वोच्च गएकी थिईन् । पीडितको पक्षबाट बरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले बहस गरेका थिए । उक्त रिटको अर्को सुनुवाई आगामी असोज २५ गतेलाई तोक्ने आदेश भएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology