Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलमा फोटोनको नयाँ शोरुम,असोज १९ गते उद्घाटन गरिने

बुटवलमा फोटोनको नयाँ शोरुम,असोज १९ गते उद्घाटन गरिने

  • 2.8K
    SHARES

  • बुटवलमा फोटोनको नयाँ शोरुम,असोज १९ गते उद्घाटन गरिने

    बुटवल,असोज १७ । 

    फोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु बृद्धि कमर्सियल भेइकल प्रालिले बुटवलमा नयाँ शोरुम विस्तार गर्ने भएको छ । वुटवल र सो आसपासका क्षेत्रमा फोटोन गाडी बिक्री गर्न कम्पनीले सिद्धार्थ इन्टरकिन्टनेन्टल प्राली मार्फत नयाँ शोरुम संचलनमा ल्याउन लागेको हो । असोज १९ गते एक कार्यक्रमको आयोजना गरी शोरुमको औपचारिक उद्घाटन गरिने कम्पनीले जनाएको छ । 

    नयाँ शोरुममा फोटनको नेपाली बजारमा उपलब्ध सबै मोडल उपलब्ध हुनेछन् । फोटोनसंग हाल बजारमा कम्वसन इन्जिन जडित र इलेक्ट्रिक दुवै सेग्मेन्टका गाडीहरु उपलब्ध छन् । इलेक्ट्रिकमा प्यासेन्जर भ्यान, कार्गो भ्यान र मिनी ईभी ट्रक ‘टीएम १’ लोकप्रिय मोडल हुन् । टीएम १ लाई कम्पनीले देशका विभिन्न सडकहरुमा परिक्षण गरेर सफल भएपछि हालै सम्पन्न नाडा अटो शोमा सार्वजनिक गरेको थियो । 

    नयाँ शोरुमबाट बिक्री र विक्री पछिको सम्पूर्ण सेवा उपलब्ध हुनेछन् । यो क्षेत्रमा फोटोनको अत्याधुनिक र सुविधासम्पन्न शोरुम संचालनमा आएपछि ग्राहकलाई गाडी किन्न र बिक्रीपछिको सेवा पाउन सहज हुने कम्पनीले विश्वास लिएको छ । नयाँ शोरुमबाट गाडी किन्दा ग्राहकले फेस्टिवल अफरको समेत फाइदा लिन सक्ने शोरुमका म्यानेजिङ डाइरेक्टर साेबिन भारीले जानकारी दिए । 

    दशैं तिहारलाई लक्षित गरी कम्पनीले फोटोनका जुनसुकै मोडलको गाडी खरिद गर्ने ग्राहकलाई  स्मार्ट वाचदेखि थाइल्याण्ड र बाली घुम्ने अवसर सहितको योजना ल्याएको छ । सो योजनामा ग्राहकले गाडी वुकिङ गर्दा एयरपड, स्मार्ट वाच र स्पीकर प्राप्त गर्न सक्नेछन् भने बम्पर उपहारमा लक्की ड्र मार्फत १ जनालाई थाइल्याण्ड ट्रिप, १ जनालाई बाली ट्रिप, १ जनालाई स्मार्ट टेलीभिजन, २ जनालाई रेफ्रिजरेटर, २ जनालाई वासिङ मेसिन र ३ जनाले मोबाइल फोन जित्न सक्नेछन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology