Logo बिहिवार, आश्विन १ गते २०८३
images

अन्तर्राष्ट्रिय अहिंसा दिवस : मानव अधिकार तथा शान्ति समाज रुपन्देहीद्वारा प्रदर्शन

अन्तर्राष्ट्रिय अहिंसा दिवस : मानव अधिकार तथा शान्ति समाज रुपन्देहीद्वारा प्रदर्शन

  • 2.6K
    SHARES

  • अन्तर्राष्ट्रिय अहिंसा दिवस : मानव अधिकार तथा शान्ति समाज रुपन्देहीद्वारा प्रदर्शन

    बुटवल,असोज १५ ।

    अन्तर्राष्ट्रिय अहिंसा दिवस अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले बुटवलमा प्रदर्शन गरेको छ। समाजले बुटवल अस्पताललाइनमा बिहान साढे ११ बजेदेखि  १२ बजेसम्म बिभिन्न प्ले कार्ड र ब्यानरसहित प्रदर्शन गरेको हो।

    ‘हिंसाको भविष्य छैन,शान्तिको विकल्प छैन, सङ्क्रमणकालीन न्याय पीडित मैत्री र मानवअधिकारमैत्री बनाऊ,मानवता विरुद्धको अपराधमा संलग्नलाई उन्मुक्ति नदेऊ, सत्य निरुपण गरी पीडितलाई न्याय देऊ’,फागुन १ गते जनयुद्ध दिवसमा दिइने सरकारी बिदा खारेज गर लगायतका प्ले कार्ड प्रदर्शन गरिएको थियो।

    सो अबसरमा बोल्दै समाजका केन्द्रिय सल्लाहकार तथा निबर्तमान सभापति गोबिन्द खनालले सरकारले फागुन १ लाइ राष्ट्रिय चार्ड जसरी सार्बजनिक बिदा दिन थालेको भन्दै हिंसालाइ बैधता दिने निर्णय मान्न नसकिने भन्दै फिर्ता लिन आग्रह गर्नुभयो । उहाँले फागुन १ गते जनयुद्ध दिवसमा दिइने सरकारी बिदा खारेज गर्नैपर्ने समाजको धारणा रहेको उल्लेख गर्नुभयो ।

    समाजका जिल्ला सभापति खिमप्रसाद भट्टराई कृष्णको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रिय सदस्य डिपी खनाल, स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय महासचिव कृष्ण चौहान क्षेत्री, मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका उपसभापति कपिल ज्ञवाली,सचिव कृष्ण पाण्डे,समाजबादी प्रेस स‌ंगठनका उषा किरण पन्थ,कार्यक्रम संयोजक लिलाधर लुइटेल लगायतले बोल्दै हिंसाको कुनै भविश्य नरहेको बताएका थिए ।

    प्रत्येक वर्ष अंग्रेजी पात्राअनुसार अक्टोबर २ मा अन्तर्राष्ट्रिय अहिंसा दिवस मनाइन्छ।  सन् २००७ जुन १५ को दिन संयुक्त राष्ट्रसंघको महासभाले अक्टोबर २ लाई अन्तर्राष्ट्रिय अहिंसा दिवसका रुपमा मनाउने निर्णय गरेको थियो। महासभाद्वारा पारित प्रस्तावअनुसार सबै राष्ट्रसंघीय प्रणालीलाई शिक्षा र जनचेतनासहित अहिंसाको सन्देश फिजाउँदै उपयुक्त तवरले अहिंसा दिवस मनाउन आह्वान गरिएको थियो।

    अक्टोबर २ महात्मा गान्धीको जन्मजयन्ती पनि हो। सन् २००७ मा राष्ट्रसंघले अहिंसा दिवस मनाउने निर्णय गरेपछि मानव अधिकार तथा शान्ति समाजले विविध कार्यक्रमसहित प्रत्येक वर्ष अक्टोबर २ मा अहिंसा दिवस मनाउँदै आएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology