Logo बिहिवार, आश्विन १ गते २०८३
images

संवैधानिक परिषदको बैठक आज बस्दै, विपक्षी दलका नेता देउवा पनि सहभागी हुने

संवैधानिक परिषदको बैठक आज बस्दै, विपक्षी दलका नेता देउवा पनि सहभागी हुने

  • 2.4K
    SHARES

  • संवैधानिक परिषदको बैठक आज बस्दै, विपक्षी दलका नेता देउवा पनि सहभागी हुने

    बुटवल,मंसिर ३०- 

    संवैधानिक परिषदको बैठक आज बोलाइएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने बैठकले बिभिन्न संवैधानिक अंगमा नियुक्तिका लागि सिफारिस गर्ने तयारी छ । आजको बैठकमा विपक्षी दलका नेता देउवा सहभागी हुने उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त सहित अन्य बिभिन्न संवैधानिक निकायमा लामो समयदेखि पदाधिकारी रिक्त छन् । यसअघि पनि पटक पटक विपक्षी दलका नेता सहभागी नभएपछि बैठक बस्न सकेको थिएन।

    सरकारले गत वैशाखमा अध्यादेशमार्फत संवैधानिक परिषदको बैठकमा बहुमतले निर्णय लिन सक्ने व्यवस्था गर्न लागेको थियो । तर राजनीतिक दल सम्बन्धी अध्यादेश विवादमा परेपछि उक्त अध्यादेश पनि फिर्ता भएको थियो ।

    प्रमुख विपक्षी दलका नेता शेरवहादुर देउवा र सभामुख अग्नि सापकोटाको अनुपस्थितिका कारण आइतवार बैठक बस्न सकेको थिएन ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology