Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवल बजार अनुगमन : एक किलो जिरामा ६ सयसम्म नाफा असुल्दै ब्यापारी !

बुटवल बजार अनुगमन : एक किलो जिरामा ६ सयसम्म नाफा असुल्दै ब्यापारी !

  • 2.3K
    SHARES

  • बुटवल बजार अनुगमन  :  एक किलो जिरामा ६ सयसम्म नाफा असुल्दै ब्यापारी  !

    बुटवल,असाेज १५ ।

    बुटवलको बजारमा ब्यापारीले एक किलो जिरामा ६ सय बढी नाफा लिने गरेको फेला परेको छ । बुटवल उपमहानगरपालिकाले आज गरेको बजार अनुगमनमा एक किलो जिरामा ६ सय बढी नाफा असुल्ने देखि पसल पिच्छे फरक मूल्यमा बेच्ने गरेको फेला परेको हो ।

    बजारमा अखाद्य बस्तु विक्रि भएको, महंगो मुल्यमा व्यापारीले बस्तुको विक्रि गरेको गुनासो समेत बढिरहेका बेला बुटवल उपमहानगरपालिकाले अनुगमन गर्दा बजारको अवस्था त्यस्तो फेला परेको हो ।

    आईतबार बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालको संयोजकत्वमा खाद्यान्य पसल अनुगमन गरिएको छ । बढी नाफाखोरी सहित फरक मूल्य र लेवल विनाका सामानहरु विक्रि गरिएको भेटिएको अनुगमन टोलीले जानकारी दिएको छ ।

    अनुगमनका क्रममा थोक विक्रेताबाट भ्याट सहित ७१२ रुपैयां प्रतिकेजी खरिद भएको जिरा खुद्रा व्यापारीले प्रतिकेजी १ हजार ३ सय रुपैयां सम्म विक्रि गर्ने गरेको भेटिएको थियो ।

    पवन किराना पसलले जिराको थोक विक्रि गर्दा प्रतिकेजी ७१२ रुपैयां परेपनि विष्णु किराना पसल सहितका खाद्यान्य पसलमा प्रतिकेजी १ हजार २ सय देखि १ हजार ३ सय रुपैयांमा विक्रि हुने गरेको भेटिएको अनुगमन टोलीकी संयोजक नगर उपप्रमुख अर्यालले बताइन् ।

    अनुगमन टोलीले बढि मुल्य विक्रि गर्नेलाई कारवाही नगरि मुल्य समायोजन गरेर विक्रि गर्न आग्रह गरेर हिँडेको थियो ।त्यस्तै बजारमा चिनीको मुल्यमा पनि एकरुपता नभएको भेटिएको छ । खाद्यान्य पसल अनुसार प्रतिकेजी चिनीको मुल्य ११० देखि १२० रुपैयां सम्म पर्ने गरेको अनुगमनमा भेटिएको थियो ।

    त्यस्तै दैनिक उपभोग्य बस्तुको मुल्यमा एकरुपता समेत नदेखिएको अउपप्रमुख अर्यालले बताईन ।अनुगमनका क्रममा चाडपर्वमा बढि विक्रि हुने जिरा, धनिया, चिनीको मुल्य एकरुपता समेत नदेखिएको उनले बताईन ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology