Logo मंगलवार, श्रावण १२ गते २०८३
images

मुद्दा मामिला झेल्दै रुपन्देहीका उद्योगी,ट्रंक लाईनको बिलिङ्ले थप्यो त्रास !

मुद्दा मामिला झेल्दै रुपन्देहीका उद्योगी,ट्रंक लाईनको बिलिङ्ले थप्यो त्रास !

  • 3.2K
    SHARES

  • मुद्दा मामिला  झेल्दै रुपन्देहीका उद्योगी,ट्रंक लाईनको बिलिङ्ले थप्यो त्रास !

    बुटवल,असाेज १४ ।

    रुपन्देहीका उद्योगीले अनावश्यक मुद्दा मामिला झेलिरहनु परिरहेको छ ।  त्यसैमाथि नेपाल बिद्युत प्राधिकरणले ट्रंकलाइन विलिङको नाममा करोडौं रकम बक्यौदा देखाएपछि उनीहरुले थप त्रास ब्यहाेर्नु परेको हाे ।प्राधिकरणले बुटवल–भैरहवा करिडोरका उद्योगहरुमा एकलौटी, अव्यबहारिक र अन्यायपूर्ण ढंगले ट्रंकलाइन विलिङको नाममा करोडौं रकम असुल उपर गर्न लागेको उद्योगी व्यवसायीहरुको गुनासो छ ।

    रुपन्देही उद्योग संघले आइतबार संघमा पत्रकार सम्मेलनको आयोजना गरी उद्योगी व्यवसायीमाथि राज्यले अन्याय गरेको उद्योगीहरुले बताएका छन् । नेपाल विधुत प्राधिकरणले एकलौटी रुपमा ताकेता गरेको ट्रंकलाइन विलिङले समस्यामा पारेको रुपन्देही उद्योग संघका अध्यक्ष माधवप्रसाद पौडेलले बताए ।
    बुटवल–भैरहवा औद्योगिक करिडोरमा सञ्चालित उद्योगहरुले ३३ केभी औद्योगिक विद्युत प्रसारणलाइन विधुत खपत गर्दै नियमित उधोग व्यवसाय सञ्चालन गर्दै प्राधिकरणबाट जारी भएको बिलको महशुल समयमै भुक्तानी गरिएको संघका अध्यक्ष पौडेलले बताए ।

    प्राधिकरणले २०७२ भदौदेखि २०७६ मंसिरसम्म ट्रंकलाइन खपत गरेको भनी झण्डै ४ वर्षपछि २०७६ फागुनमा सो अबधी बिल दरमा ६६.६७ प्रतिशत वृद्दि गरी महशुल भुक्तिानीका लागि ताकेता गरेपनि उद्योगीहरुले महशुल तिर्न नसक्ने उधोगीहरुले बताएका छन् ।

    प्राधिकरणले छुट बिल जारी गरेपछि समस्या उत्पन्न भएको र समस्यालाई समाधान गर्न रुपन्देही उधोग संघको पहलमा मन्त्रिपरिषद्ले २०७७ साउन १९ गते विद्युत नियम आयोगलाई विवाद निरुपणका लागि निर्देशन दिएपनि अहिलेसम्म समस्याको निराकरण नहुंदा उधोगी व्यवसायीले आफुहरु अन्यायमा परेको बताएका छन् ।

    प्राधिकरणले एकाधिकारको चरम दुरुपयोग गरी न्याय र कानुनको अवहेलना गरेको रुपन्देही उधोग संघका अध्यक्ष माधवप्रसाद पौडेलले बताए । उनले विधुत महशुल नियमावली २०७३ ले दैनिक २० घण्टा वा सो भन्दा बढी विधुत उपभोग गर्न पाउने गरी निवेदन दिइ स्वीकृत भएका उधोगीले मात्र ट्रंकलाइन सरहको महशुल बुझाउनु पर्ने व्यवस्था रहेको बताए ।suchanaa.png

    रुपन्देहीका उद्योगहरुले बिद्युत खपत नगरेको र ट्रकलाइन सम्बन्धी छलफल र सहमती नभएकाले ट्रंकलाइन विलिङको महशुल तिर्न नपर्ने रुपन्देही उद्योग संघका पूर्व अध्यक्ष बाबुराम बोहोराले बताए ।

    उद्योगहरुलाई ट्रकलाइन सेवा जडान भएको भनिएको अबधीको विधुत प्राधिकरणले पटक–पटक प्रकाशित गरेको औद्योगिक ग्राहक लोडसेडिङ तालिका अनुरुप उद्योगहरुले चरम लोडसेडिङको मार भोग्नु परेको उधोगीहरुको भनाइ छ । उच्च अदालत बुटवल इजालसमा दर्ता भएको मद्दा हालसम्म विचाराधिन अवस्थामा रहंदा समस्या भएको उधोगीहरुको भनाइ छ ।

    पत्रकार महासंघ रुपन्देही अधयक्ष रामराज पोखरेलले अहिलेको अवस्थामा सबै क्षेत्र समस्यामा परेको र आमजनतामा निरासा छाएको बताउंदै उद्योगी व्यवसायीका समस्याप्रति पत्रकारिताको क्षेत्रबाट राम्रा कामका लागि सहयोगी बन्ने प्रतिवद्दता जनाए ।

    udyogi.jpg

    हेराैँ बिज्ञप्ति :-

    रुपन्देही उद्योग संघद्वारा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष माधब प्रसाद पौडेलज्यूद्वारा जारी प्रेस वक्तव्य
    नेपाल पत्रकार महासंघका अध्यक्षज्यू
    विभिन्न मिडियाहरुबाट पाल्नु भएका संचारकर्मी साथीहरु, हाम्रो निमन्त्रणालाई स्वीकार गरी महत्वपूर्ण समय प्रदान गरिदिनु भएकोमा रुपन्देही उद्योग संघ र हामी उद्योगीहरु आभारी छौं । उद्योग र उद्योगीहरुको हकहित संरक्षण, सम्वद्र्धन र विकासका निम्ति सदैव क्रियाशिल रुपन्देही उद्योग संघले उद्योगीहरुलाई पर्ने हरेक समस्याहरु समाधानका निम्ति सक्रिय ढंगबाट अग्रपंक्तिमा रहेर क्रियाशिल रहँदै आएको सबैलाई विदितै छ । यसै शिलशिलामा नेपाल विद्युत प्राधिकरणले बुटवल—भैरहवा करिडोरका उद्योगहरु माथि एकलौटी,अव्यवहारिक र अन्यायपूर्ण ढंगबाट ट्रंकलाइन विलिड्डको नाममा करोडौं रकम बस्क्यौता भनी असुल उपर गर्न लागेको विषयले उद्योगीहरु त्रसित र निराश बनेका छन् ।

    बुटवल–भैरहवा औद्योगिक कोरिडोरमा संचालित उद्योगहरुले ३३ के.भि. औद्योगिक विद्युत प्रसारण लाईन द्धारा विद्युत खपत गर्दै नियमित रुपमा उद्योग व्यवसाय सञ्चालन गर्दै नेपाल विद्युतप्राधिकरण बाट जारी भएको बिलको महशुल समयमै भुक्तानी गर्दै आएको तर नेपाल विद्युतप्राधिकरणले २०७२ भाद्र देखि २०७६ मंसिरसम्म ट्रंक लाईन खपत गरेको भनि झण्डै ४ बर्ष पछि २०७६ फाल्गुनमा आएर सो अवधिको बिल दरमा ६६.६७ प्रतिशत बृद्धि गरी थप महशुल भुक्तानी गर्न न्याय सम्मत नरहेको छुट बिल जारी गरेकाले सो समस्या समाधानका लागि विगतमा यस रुपन्देही उद्योग संघबाट पहल भई नेपाल सरकार मन्त्रि परिषद्ले मितिः२०७७/०४/ १९मा विद्युत नियमन आयोगलाई यस विवादको निरुपणका लागि निर्देशन दिईसकेको र आयोगबाट सो माथि हालसम्म निर्णय विचाराधिन रहेको सर्वविदितै छ ।

    तथापि नेपाल विद्युत प्राधिकरणको भैरहवा वितरण केन्द्र, नयाँ मिल वितरण केन्द्र र बुटवल वितरण केन्द्रले हाल मितिः२०८०/०५/१७ मा बक्यौता विद्युत महशुल बुझाउने विषय भएको धम्कीपू्रर्ण पत्र जारी गरेको र सो पत्रमा बक्यौता रकम तथा सो उपरको जरिवाना २०८० भाद्र मसान्त भित्र (एक महिना म्याद थप सूचना जारी भई असोज मसान्तसम्म) नबुझाएमा नियमानुसार कारवाही हुने व्यहोरा उल्लेख भएको यहा“मा ध्यानाकर्षण गराउन चाहन्छौं ।  
    विद्युत महशुल विनियमावली २०७३ को विनियम ५ (५) वमोजिम, दैनिक २० घण्टा वा सो भन्दा वढि  विद्युत उपभोग गर्न पाउने गरी निवेदन दिई स्वीकृति भएको उद्योगले मात्र ट्रंक लाइन सरहको महशुल वुझाउनु पर्ने व्यवस्था भएको तर रुपन्देहीका उद्योगहरुले माथि उल्लेखित कुनै किसिमको माग, स्वीकृती र खपत नगरेको र ट्रंक लाइन सम्वन्धी छलफल र सहमति नै नभएको तथा नेपाल विद्युत प्राधिकरणको भैरहवा वितरण केन्द्रले प्राविधिक अस्पष्टता र आप्mनो आन्तरिक लोड व्यवस्थापन तथा फेज सिक्वेन्स सन्तुलित गर्ने क्रममा उद्योगहरुलाई ट्रंक लाइन पर्न गएकोे परिपे्रच्छमा ट्रंक लाइन सेवा जडान गरिएको भनिएको सो अवधिमा विद्युत प्राधिकरणले पटक पटक प्रकाशित गरेको औद्योगिक ग्राहक लोडसेडिङ तालिका अनुरूप नै यस उद्योगहरुले चरम लोडसेडिङ खेप्दै आएको यो विवाद सम्मानित उच्च अदालत बुटवल इजलासमा समेत दर्ता भई हाल अदालतको विचाराधिन अवस्थामा भइरहँदा उल्लेखित समस्याबाट यस क्षेत्रका उद्योगीहरु असाध्यै ठुलो मानसिक तनाव सहनु परेको र हालको असहज परिस्थिितमा समेत कानुन सम्मत नरहेको बक्यौता रकम असुल उपर गर्न दबाब सिर्जना गरिरह“दा र मुद्दालाई समेत प्रभावित पर्ने उद्देश्य लिएको देखिएको हु“दा रुपन्देही उद्योग संघ गम्भिर निन्दा र भत्र्सना गर्दछ ।

    प्राधिकरणले एकाधिकारको चरम दुरुपयोग गर्दै न्याय र कानूनको समेत अवहेलना गर्दै एकलौटी ढंगबाट उद्योगहरुमाथि पटकपटक प्रहार गर्नुले प्राधिकरणको नियतमाथि नै शंका गर्न हामी बाध्य भएका छौं । अनेकौ समस्यास“ग लडेर चुनौतिको सामना गरिरहेका उद्योगहरुमाथिको यो बज्रपातले औद्योगिक विकास र आर्थिक उन्नतीमा अवरोध खडा हुने देखिन्छ । अतःरुपन्देहीका उद्योगहरु माथि नेपाल विद्युत प्राधिकरणबाट भएको अन्याय रोक्न र सहज वातावरणमा उद्योग संचालन गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायसँग जोडदार माग गर्दछौं । 
    धन्यवाद ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    कपिल ज्ञवाली

    डेढ दशकदेखि बुटवलमा रहेर पत्रकारितामा सक्रिय ज्ञवाली नागरिक अनलाइन डटकमका संस्थापक र चिफ एडिटर हुन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology