Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवल हिल्स पुग्ने लुम्बिनी केबलकार आजदेखि ३ दिन बन्द हुने,बिचबिचमा रोकिने समस्या हल गरिँदै

बुटवल हिल्स पुग्ने लुम्बिनी केबलकार आजदेखि ३ दिन बन्द हुने,बिचबिचमा रोकिने समस्या हल गरिँदै

  • 1.8K
    SHARES

  • बुटवल हिल्स पुग्ने लुम्बिनी केबलकार आजदेखि ३ दिन बन्द हुने,बिचबिचमा रोकिने समस्या हल गरिँदै

    बुटवल,असाेज १४ ।

    गत जेठ १५ गतेबाट संचालनमा आएको लुम्बिनी केबलकारको सेवा बन्द हुनेभएको छ । आजदेखि तीन दिनसम्म केबलकारको सेवा बन्द हुने ब्यवस्थापनले जानकारी दिएको छ । 

    असोज १४ गतेदेखि १७ गतेसम्म केबलकारको नियमित मर्मत सम्भारका लागि पूर्णरुपमा सेवा बन्द गरिने लुम्बिनी केबलकार लिका अपरेसन म्यानेजर डिएन कायस्थ सैजूले जानकारी दिए ।

    केबलकारमा बेलाबखत चल्दाचल्दै रोकिने समस्या देखिएपनि ब्यवस्थापनले कुनै प्राविधिक समस्या आएर नभइ नियमित प्रकृया अन्तर्गत पहिलोपटक सेवा बन्द गरेर मर्मत सम्भार गर्न लागिएको जनाएको छ ।

    बुटवलमा संचालनमा रहेको केबलकार अष्ट्रियाको डुपलमेयर कम्पनीको उपकरणबाट संचालन गरिएको हो । डुपलमेयर कम्पनीक उपकरण विश्वमै सवबैभन्दा सुक्षित र अत्याधुनिक प्रविधियुक्त मानिदै आएको ब्यवस्थापनको दाबी छ । तीन दिन सेवा बन्द हुंदा पर्यटक र भक्तजनमा पर्न जाने असुविधाप्रति कम्पनी क्षमाप्रार्थी रहेको र असोज १७ गते देखि केबलकार नियमित रुपमा सञ्चालनमा आउने अपरेशन म्यानेजर सैजूले बताए ।

    स्थानीयको सहभागीता सहित आईएमई ग्रुपको मुख्य लगानी रहेको केबलकार गत जेठ १५ गतेदेखि सञ्चालनमा आएको हो । सञ्चालनमा आएको साढे ४ महिनामा करिब ७५ हजार जनाले केबलकार यात्रा गरेको समेत ब्यवस्थापनले जनाएको छ ।

    यी समाचार पनि पढाैँ :-

    दिनदिनै किन अड्किन्छ बुटवल हिल्स पुग्ने लुम्बिनी केवलकार  ?

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology