Logo मंगलवार, श्रावण १२ गते २०८३
images

३५ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु,सम्पूर्ण युवा क्लव अघिल्लो चरणमा प्रवेश

३५ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु,सम्पूर्ण युवा क्लव अघिल्लो चरणमा प्रवेश

  • 2.1K
    SHARES

  • ३५ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु,सम्पूर्ण युवा क्लव अघिल्लो चरणमा प्रवेश

    बुटवल,असाेज १४ ।

    रुपन्देहीको तिलोत्तमामा ३५ औं झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । स्वर्गीय रुकमाया दर्लामीको स्मृतीमा झरना स्पोर्ट्स क्लब तिलोत्तमाले प्रतियोगिताको आयोजना गरेको हो ।

    तिलोत्तमा-६ कुञ्जलापुरस्थित उमा आधारभूत विद्यालयको खेल मैदानमा जारी प्रतियोगिताको उद्घाटन खेलमा सम्पूर्ण युवा क्लव सुपौली विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेको छ ।

    jharana cup.jpg

    सम्पूर्णले लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवललाई ट्राईब्रेकरमा ३-१ गोल अन्तरले पराजित गरेको हो । खेलको निर्धारित समयमा दुबै समुहबाट समान १र१ गोल भएपछि ट्राईब्रेकरबाट विजयी टिमको टुङ्गो लागेको हो । पहिलो हाफको २२ औं मिनेटमा प्रहरीका शैलेन्द्र चौधरीले गोल गर्दै अग्रता दिलाए पनि त्यसलाई कायम राख्न नसक्दा हार ब्यहोर्नु परेको हो ।

    १-० गोल अन्तरले पछि परेको सम्पूर्णलाई दोस्रो हाफको २० औं मिनेटमा सोनम गुरुङले गोल गर्दै बराबरीमा लगेका थिए । खेल अवधिभर सम्पूर्णमाथि हाबी देखिएको प्रहरीले गोल गर्ने उत्कृष्ट अवसरहरुलाई गुमाएको थियो । हारसँगै प्रहरीको टोली प्रतियोगिताबाट बाहिरिएको छ ।

    आइतबार दिउँसो ३ बजे हुने दोस्रो खेलमा भूपू सैनिक जवाई स्पोर्टिङ क्लब सालघारी र लिस्नु युवाक्लब कोटिहवाका बीच प्रतिस्पर्धा हुने आयोजक क्लबका सचिव सिजन थापाले जानकारी दिए ।

    विभिन्न जिल्लाका १६ समुहको सहभागिता रहेको प्रतियोगिताको विजेताले ३ लाख ५० हजार नगद राशीसहित ट्रफी, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी उपविजेताले नगद राशी १ लाख ७५ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने सचिव थापाले जानकारी दिए । प्रतियोगितामा सेमिफाइनल प्रवेश गर्ने अन्य २ समुहलाई समेत समान २५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।

    यसैगरी विधागत तर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक र हाईस्कोररलाई समान ५ हजार नगद राशीले सम्मान गरिने खेल संयोजक मनु श्रीसले जानकारी दिए । प्रतियोगितामा पत्येक खेलका म्यान अफ दि म्याचलाई ३ हजार नगद राशीले सम्मान गरिने छ । प्रतियोगिता असोज २८ गतेसम्म सञ्चालन हुने छ ।

    प्रतियोगितामा आयोजक झरना स्पोर्ट्ससँगै २४ औं संस्करणको विजेता जन ज्योती क्लडिङ्गरनगर, न्यू सिर्जना युवा क्लब करौजिया, देबदह ब्वाँइज देबदह, अहना एफसी बुटवल, नवयुवा खेलकुद ठुटिपिपल, पाल्पा-११ पाल्पा, लिस्नु युवा क्लब कोटिहवा, भूपू सैनिक स्पोर्टिङ क्लब सालघारी, बहुजातीय एकता समाज मडहा, सौभाग्य युवा क्लब बुटवल, नवलपरासी-११ नवलपरासी, फर्साटिकर एफसी फर्साटिकर, सम्पूर्ण युवा क्लब सुपौली र लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलको सहभागिता रहेको छ ।

    प्रतियोगिताको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले खेलको माध्यमबाट नगर तथा सिंगो मुलुकलाई बिकास गर्न सकिने उल्लेख गरे ।

    खेलकुदको बिकासका लागि नगरपालिका आवश्यक सहयोग र सहकार्य गर्न तयार रहेको बताउँदै सोही अनुसार नीति कार्यक्रम तथा बजेटमा समेत व्यवस्था गरिएको बताए । तिलोत्तमाबाट उदायका खेलाडीहरुले विभिन्न खेलको माध्यमबाट देश तथा विदेशमा समेत नाम कमाउन सफल भएको बताउँदै उनले थप बिकासका लागि नगरपालिका सधै सकारात्मक रहेको उल्लेख गरे ।

    यसैगरी उप प्रमुख जगेश्वरदेवी चौधरीले युवाहरुलाई खेलको माध्यमबाट एकै ठाउँमा जोड्नुका साथै सकारात्मक भावनाको विकास गर्न सकिने उल्लेख गरिन् ।

    खेलमा सहभागी युवाहरुले त्यसमै आत्म निर्भर हुने गरि आर्थिक हिसाबले समेत सबल बनाउनु पर्ने खाँचो औल्याउँदै चौधरीले नगरपालिमा रहेको सीमित श्रोत र साधनले मात्रै नपुग्ने हुँदा प्रदेश तथा केन्द्र सरकारले पनि ध्यान दिनुपर्नेमा जोड दिइन ।

    jharana_cup.jpg

    क्लबका अध्यक्ष गंगा प्रसाद रानाले युवाहरुमा उत्कृष्ट खेल प्रतिभा हुँदाहुँदै पनि बाँच्नका लागि विदेशीनु पर्ने बाध्यता रहेको गुनासो गरे ।

    सरकारले खेलाडीको जीविको पार्जन हुने गरि उनीहरुलाई आर्थिक रुपमा सबल गराउने हो भने खेलकै माध्यमबाट मुलुकलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन युवा सक्षम रहेको उनले बताए ।

    game.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology