Logo मंगलवार, श्रावण १२ गते २०८३
images

जनता माध्यामिक विद्यालयले थाल्यो निःशुल्क ‘औद्योगिक प्रशिक्षण’ कोर्ष

जनता माध्यामिक विद्यालयले थाल्यो निःशुल्क ‘औद्योगिक प्रशिक्षण’ कोर्ष

  • 2.6K
    SHARES

  • जनता माध्यामिक विद्यालयले थाल्यो निःशुल्क ‘औद्योगिक प्रशिक्षण’ कोर्ष

    बुटवल,असाेज १३ ।

    रुपन्देहीको तिलोत्तमा १३ तुनधुरास्थित जनता माध्यामिक विद्यालयले विल्डिङ कन्ट्रक्सनसँग जोडिएको प्राविधिक विषय अध्ययन-अध्यापन थालेको छ ।

    सिटिइभिटीबाट मान्यताप्राप्त दुई वर्षे निःशुल्क औद्योगिक प्रशिक्षण तालीम विषयको कोर्ष डिप्लोमा तह बराबर मान्यता प्राप्त हो । २० जनाको कोटा रहेको उक्त तालीम अध्ययन पूर्ण रुपमा निःशुल्क हो ।

    अध्ययन सुरु भएपछि विद्यार्थीले हरेक दिन १०० रुपैयाँ पाउनेछन । विद्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी प्राविधिक शिक्षालाई जनस्तरमा पु¥याउन नयाँ कोर्ष ल्याइएको बताएको छ । विद्यालयका प्रधानाध्यापक प्रचण्ड जीसीले कक्षा ११ र १२ लेबलको यो कार्यक्रम एक्स्पर्ट मेनपावर उत्पादन हुनुका साथै शतप्रतिशत रोजगार हुने नागरिक अनलाइनलाइ बताए ।

    parchanda-gc.jpg

    ‘यो विषय लुम्बिनी प्रदेश सरकारको स्वीकृत बजेट अनुसारको पूर्णतया निःशुल्क कार्यक्रम हो’ जिसी भन्छन, ‘यो विषय पढने विद्यार्थीले विद्यालय र उद्योग दुवैमा सीप सिक्नुका साथै पढ्दै आय आर्जन गर्न सकिन्छ ।

    कोष पूरा गरेपछि प्रि डिप्लोमा को प्रमाणपत्र पाइन्छ ।’ यो विषय लुम्बिनी प्रदेशका १२ वटा जिल्लाका १५ विद्यालयले मात्र पठनपाठनको अनुमाति पाएका छन् । एसएलसी वा एसईईमा जुनसुकै प्रतिशत र ग्रेडबाट उत्तीर्ण भएका विद्यार्थीले पनि पढन पाउनेछन भने, १६ देखि ४० वर्ष उमेर समूहका विद्यार्थीले पढन पाउनेछन ।

    विद्यालयमा साढे तीन महिना र उद्योगमा साढे १९ महिना काम र पढाई यो विषयमा पर्छन । उद्योगमा काम गर्दा पनि विद्यार्थीलाई मासिक न्यूनतम ४ हजार ५०० रुपैयाँ दिनुपर्छ । त्यसमाथि २५ वर्षभन्दा कम उमेरका विशेष प्राथामिकता रहेको छ ।

    तिलोत्तमा १३ का वडा अध्यक्ष नारायण ढकालले अबको शिक्षा प्राविधिक हुनुपर्ने बताउँदै औद्योगिक तालीम कार्यक्रमको रुपन्देहीका विद्यार्थीहरुले भरपुर उपयोग गर्नुपर्ने बताए । विद्यालयले २०७५ देखि प्राविधिक विषय भित्राउन सुरु गरेको थियो ।

    सिभिल इन्जिनियरिङ, डिप्लोमा सिभिल इन्जिनियरिङको पनि पढाई हुँदै आएको छ । २०३८ सालमा स्थापना भएको विद्यालय २०५७ मा निमावि हुँदै २०६४ मा मावि भएको थियो ।

    २०६७ मा महायज्ञ गरेर विद्यालयमा प्राविधिक विषयको पढाई सुरु गर्ने योजना बनेको थियो । २०७५ मा सिभिल इन्जिनियरिङतर्फ १८ महिने प्रि डिप्लोमा सिभिल इन्जिनियरिङको अनुमति लिएर २६ जना विद्यार्थी पढाउन थालेको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology