Logo बुधवार, श्रावण १३ गते २०८३
images

बुटवलमा दाेस्राेपटक महाआरती (फोटोफिचर)

बुटवलमा दाेस्राेपटक महाआरती (फोटोफिचर)

  • 2.5K
    SHARES

  • बुटवलमा दाेस्राेपटक महाआरती (फोटोफिचर)

    बुटवल,असोज १० ।

    बुटवलमा दाेस्राेपटक महाआरती गरिएको छ । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्टस् लुम्बिनी प्रदेश ९नाट्टा० को आयोजनामा रुपन्देहीको बुटवलमा सन्ध्याकालीन तिनाउ महाआरती कार्यक्रम गरिएको हो ।

    बुटवल उपमहानगरपालिका–३ पुलचोकस्थित दुर्गा मन्दिरमा आजबाट सन्ध्याकालिन महाआरतीमा प्रारम्भ गरिएको हो ।४४ औं विश्व पर्यटन दिवसको पूर्वसन्ध्यामा सन्ध्याकालीन महाआरती कार्यक्रम प्रारम्भ गरिएको नाट्टाकी लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्तले बताइन् । प्रारम्भकै दिन देखिएको सहभागीताले यो क्षेत्रमा धार्मिक पर्यटनको सम्भावना देखिएको उनले बताइन् ।

    butwal mahaaarati.jpg

    बुटवलमा भएकोे महाआरती कार्यक्रमले बुटवल क्षेत्रको पर्यटन प्रवद्र्धनलाई महत्वपूर्ण सहयोग गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए ।

    बुटवललाई नेपाल भारतको धार्मिक पर्यटनको केन्द्र बनाउने गरी योजना बनाउन पर्यटन व्यवसायीलाई आग्रह गर्दै उनले आफूले त्यस कार्यमा पूर्ण साथ दिने प्रतिवद्धता व्यक्त गरे । उनले भारतीय पर्यटकलाई आर्कषण गर्दै योजना बनाउनुपर्ने र त्यसमा उपमहानगरले पूर्ण साथ दिने बताए ।

    maha aarati butwal.jpg

     

    बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालले उपमहानगरले महाआरतीका लागि बजेट निर्धारण गरिसकेकाले धार्मिक संघ–संस्थाहरुलाई सहकार्यका लागि आग्रह गरिन् । आजको महाआरती कार्यक्रमको पर्यटन विकास परिषद लुम्बिनी प्रदेश प्रवद्र्धक रहेको थियो भने बुटवल उपमहानगरपालिकाले सहकार्य गरेको थियो ।

    महाआरती कार्यक्रममा जगतगुरु अनन्तश्री विभूषित ‘बालसन्त’ मोहनशरण देवाचार्य महाराजले यो क्षेत्रको ऐतिहासिक धार्मिक महत्वको बारेमा प्रवचन दिएका थिए । नाट्टाले धार्मिक र सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गत वर्षदेखि महाआरती कार्यक्रम गर्दै आएको छ । नाट्टाकै सहयोगमा लुम्बिनी प्रदेश अन्तर्गत नेपालगन्जको बागेश्वरीमा, बाँकेको खजुरामा पनि महाआरतीको प्रारम्भ गरिएको छ ।

    mahaaarati.jpg

    धार्मिक तथा साँस्कृतिक पहिचान र प्रवद्र्धनबाट यस क्षेत्रको पर्यटन उद्योगलाई चलायमान बनाउन तथा बुटवलको ऐतिहासिकतालाई प्रचारमा ल्याउन सन्ध्याकालीन आरतीले महत्वपूर्ण भूमिका खेल्ने नाट्टा अध्यक्ष पन्तले बताइन् ।उनले महाआरतीलाई निरन्तरता दिने पनि जनाइन् ।

    aarati.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology