Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलमा खल्तीको एजेन्ट मिट कार्यक्रम सम्पन्न

बुटवलमा खल्तीको एजेन्ट मिट कार्यक्रम सम्पन्न

  • 2.5K
    SHARES

  • बुटवलमा खल्तीको एजेन्ट मिट कार्यक्रम सम्पन्न

    बुटवल, असोज ७।

    ‘टुगेथर डिजिटल नेपाल’ को लक्ष्य बोकेको खल्तीको बुटवलमा एजेन्ट मिट कार्यक्रम गरेको छ । रुपन्देही क्षेत्रमा रहेका खल्ती एजेन्टहरुलाई सेवा र अफरहरु बारे जानकारी दिने तथा सल्लाहसुझाव लिने रुपमा कार्यक्रम गरिएको हो ।

    खल्तीका हब ईन्चार्ज प्रदिप अर्यालले खल्टी स्थापनादेखी वर्तमान अवस्थासम्म उपभोक्तामाझ पुर्याएको सहज सेवाका बारेमा जानकारी दिए । जानकी टेक्नोलोजीको नामबाट २००७ मा दर्ता भई आईटि सेवा शुरु भएको बिस्तारै यो २०१७ मा खल्तीसम्मको नामबाट सेवा दिन सफल भएको छ । ‘खल्तीमा के छ रु’ अभियानमा रहेर यसका बिशेषताहरु फण्ड लोड, बैक लिक, मेजर सर्भिस, सुरक्षा, खल्ती अभियानहरु, सफलताको कथा, खल्ती सपोर्टका महत्वपुर्ण सेवा बारे अर्यालले प्रकाश पारे । खल्तीमा बैक लिक मार्फत पेयमेन्ट सबैभन्दा उत्कृष्ट अप्सन भएको उनले दाबी गरे ।

    यसैगरि दशै अफरमा खल्तीबाट हवाई टिकट काट्ने ग्राहकलाई लखपति योजना, डिलरलाई अफर, प्रत्येक पटक ५० रुपैया टपअफमा डाईमण्ड रिङको अफरहरुको बारेमा समेत जानकारी दिए । लुम्बिनी प्रदेशमा हाल ३० हजार एजेन्ट, १ हजार प्लस डिलर र १ लाख युजरहरु रहेको उनले तथ्याक सुनाए ।

    कार्यक्रम बोल्दै कालिका कलेजका प्राचार्य घनश्याम पाठकले वर्तमान समय प्राविधिक शिक्षासंगै यसको ब्यवहारिक प्रयोग महत्वपूर्ण रहेको भन्दै खल्ती आईटीको नया ब्यवहारिक सिकाईसंग रोजगारको अवसरका रुपमा आएको बताए । स्वदेशमा नै आईटी फिल्डमा धेरैलाई रोजगार दिएर अवसरको ढोका खोलेको उनले बताए । कालिकालाई पाच पटकसम्म राष्ट्रिय ध्वजा प्राप्त गर्ने विद्यालयका रुपमा परिचित बनाउन सफल भएको ईतिहास स्मरण गर्दै उनले बालबालिकाहरुमा प्राविधिक शिक्षाप्रतिको मोह धेरै भेटेको बताए ।

    ‘बचत र कारोबारको कुरा गरौ, बित्तिय साक्षरताको सुरुवात गरौ ।’ नारा आत्मसात गर्दै खल्तीले आफनो उपभोक्ताको हितमा काम गर्दै आएको खल्तीका प्रदेश ईन्चार्ज मनिष न्यौपानेले बताए । स्थापनाबाट नै ससाना देखि ठुला शुल्कसम्म तिर्न सक्ने गरि ब्यवस्था गरेको भन्दै बुटवलमा कार्यालय स्थापना गरेर नजिकबाट सदस्यहरुसंग जोडिएर सल्लाह सुझाव लिने रुपमा कार्यक्रम आयोजना भएको उनले बताए ।

    कार्यक्रममा साईन रेसुङा बैकमा आईटि हेड देविप्रसाद पौडेलले अबको युग डिजिटल पेयमेन्टको युग भएको बताए । खल्ती एउटा महत्वपुर्ण र सुविधायुक्त सफ्टवेयर भएको भन्दै उनले नया नया वालेटमा कतिपय जोखिमलाई मध्येनजर गरि सचेतना जगाउने काममा समेत अभियान चलाउन जरुरी रहेको बताए । पासवर्ड, ओटिपि नम्बर कसैलाई नदिन धेरै सुचनाहरु जारी भैरहेको भन्दै उनले ग्राहकहरुलाई यसको राम्रो शिक्षा दिएर सचेत बनाउन जरुरी रहेको बताए ।

    कार्यक्रममा सुपर डिलर ईश्वरी ज्ञवाली, प्रदेश म्यानेजर विश्वराज बस्नेत, प्रदेश ईन्चार्ज मनिष न्यौपाने, खल्टीका ट्रेनिङ ईन्चार्ज दिपेन्द्र चौधरी, प्रदेश ईन्चार्ज बिरेन्द्र बिष्ट, बुटवल हबका हब एसिस्टेन्स हरि ज्ञवालीले समयसापेक्ष खल्तीको प्रयोगबाट छिटोछरितो, सुरक्षित र सहज कारोबारमा मद्यत मिल्ने गरि सेवा दिदै आएको भन्दै कार्यक्रमबाट प्राप्त सल्लाहसुझाव सेवालाई थप प्रभावकारी बनाउन सहयोग सिद्ध हुने बताए । हाल खल्तीसंग ६० बढि बैक तथा वित्तिय संस्थाहरु जोडिएको र ३५ लाख बढि उपभोक्ता रहेको छन ।AIG POLICE.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, आश्विन ७ २०८००९:३७:५९

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology