Logo मंगलवार, श्रावण १२ गते २०८३
images

२८७ जना प्रहरी जवान दिक्षित, उत्कृष्टता हासिल गर्न निर्देशन

२८७ जना प्रहरी जवान दिक्षित, उत्कृष्टता हासिल गर्न निर्देशन

  • 1.7K
    SHARES

  • २८७ जना प्रहरी जवान दिक्षित, उत्कृष्टता हासिल गर्न निर्देशन

    बुटवल,असाेज ७।

    लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा प्रहरी जवान आधारभूत तालिम ८-११२ औं दिक्षान्त समारोह सम्पन्न भएको छ । लुम्बिनी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक उमेशराज जोशीको उपस्थितीमा २८७ जना जवानहरुलाई दिक्षित गरिएको हो ।

    सो अवसरमा बोल्दै लुम्बिनी प्रदेश प्रहरी प्रमुख जोशीले शान्ती सुरक्षा तथा अपराध नियन्त्रणमा निर्मम् भएर लाग्न निर्देशन दिए । पछिल्लो समय अपराधका शैलीहरु परिवर्तन हुँदै गएकाले अनुसन्धानको काम थप जटिल र चुनौतिपूर्ण भएको बताउँदै उनले सोही अनुसार प्रहरीले कार्य सम्पादनको शैलीलाई परिमार्जित गरि उत्कृष्टता हासिल गर्न निर्देशन गरे ।

    लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलको प्राङ्गणमा भएको कार्यक्रममा दिक्षित जवानहरुलाई कार्य सफलताको कामना गर्दै मर्यादित भएर लाग्न आग्रह गरे । तालिम केन्द्रका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बिनोद घिमिरे घिमिरेले प्रहरी जवानहरुलाई तालिममा सिकेका सीप र ज्ञानलाई आफ्नो कार्यक्षेत्रमा कुशलतापूर्वक व्यवहारमा उतार्न आग्रह गरे ।police.jpeg

    दिक्षान्त समारोहमा तालिममा सहभागी भई सर्वोउत्कृष्ट बन्न सफल प्रहरी जवान प्रकाश बैजाली मगर,  दोस्रो बनेका विनोद आचार्य र तेस्रो स्थान हासिल गर्ने सिर्जना थापालाई सम्मान गरिएको थियो । यसैगरी तालिममा प्रशिक्षको भूमिकामा रही कुशलतापूर्वक कार्य सम्पादन गरेको भनि प्रहरी निरीक्षक निरवहादुर बानिया, प्रहरी सहायक निरीक्षक सविना भट्टराई, प्रहरी हवल्दार भिम बहादुर दर्लामी तथा प्रहरी हिमाल पुनलाई सम्मान गरिएको थियो ।

    २३४ दिनसम्म सम्म सञ्चालन हुने प्रहरीको आधारभूत तालिममा १३१ जना जवानले पहिलो श्रेणी, १५३ जवानले दोस्रो तथा ३ जनाले तेस्रो श्रेणी हासिल गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology