Logo मंगलवार, श्रावण १२ गते २०८३
images

हिमालय लाइफ इन्स्योरेन्स लिमिटेडको ‘लर्न हाउ टु अर्न’ कार्यक्रम सम्पन्न

हिमालय लाइफ इन्स्योरेन्स लिमिटेडको ‘लर्न हाउ टु अर्न’ कार्यक्रम सम्पन्न

  • 2.8K
    SHARES

  • हिमालय लाइफ इन्स्योरेन्स लिमिटेडको ‘लर्न हाउ टु अर्न’ कार्यक्रम सम्पन्न

    बुटवल,असाेज ७ । 

    हिमालय लाइफ इन्स्योरेन्स लिमिटेडको लुम्बिनी  प्रादेशिक कार्यालयले प्रदेश स्तरिय लर्न हाउ टु अर्न भन्ने मुल नाराको साथमा बुटवलमा एक दिने मोटिभेसन कार्यक्रम सम्पन्न गरेको छ । 

    अन्तराष्ट्रिय मोटिभेटर तथा टेनर बाट मोटिभेसन कार्यक्रममा सहभागी हुने गरि कम्पनीले गत श्रावण महिनामा अभिकर्तालाई आन्तरिक स्किमको ब्यवस्था गरेको थियो । सोही स्किम बमोजिम करिब ३५० जना लुम्बिनी प्रदेशबाट क्वालिफाईड भएका अभिकर्तालाई भारतबाट लामो अनुभव भएका मोटिभेटर साहिद अबजल अहमदले उक्त प्रशिक्षण दिएका हुन् ।

    जीवन बीमामा अभिकर्ता कसरी फेल हुन्छन,मार्केटमा बीमाको कन्सेप्ट कसरी प्रस्तुत गर्ने र समग्र सफल अभिकर्ता बन्नको लागि ध्यान दिनुपर्ने महत्वपूर्ण जानकारी सहितको करिब ४ घण्टाको आकर्ष सेसन प्रमुख प्रशिक्षक अहमदले प्रशिक्षण दिएका थिए ।

    आज ६ गते करिब १० बजे बाट सुरु भएको कार्यक्रममा सहभागी लाई स्वागत मन्तव्य मार्फत स्वागत कम्पनीको प्रदेश उप प्रमुख नकुल पान्डेले गरेका थिए । कार्यक्रमको सभापतित्व प्रदेश प्रमुख बुद्ध सुर्यबसीले  गरेको उक्त कार्यक्रममा मार्केटिङ प्रमुख नवीन थापाले कम्पनीको स्किम बारे प्रस्ट पार्नुभयो भने  कार्यक्रमको सन्चालन सिभ कुमालले  गरेका थिए ।साथै श्रावण महिनामा हरेक शाखा उप शाखाबाट टप ब्यवसाय गर्ने झन्डै २५जना अभिकर्ताहरुलाई  सम्मान समेत गरिएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology