काठमाडौँ, असोज ६ ।
नेपाल क्रिकेट संघ (क्यान)ले आज हुने केन्द्रीय कार्यसमिति चुनावका लागि मतदाता नामावली सार्वजनिक गरेको छ ।शनिबार बानेश्वरस्थित एभरेष्ट होटल हुने चुनानवको लागि ८५ जना मतदाताको नामावली सार्वजनिक गरिएको हो ।
विधान र नियमले ८६ जना मतदाता हुने भए पनि विवादका कारण झापाका प्रतिनिधिले मतदानमा सहभागी हुन नपाउने भएपछि ८५ जनाको नामावली सार्वजनिक गरिएको हो ।शुक्रबार झापाबाट दुई जना प्रतिनिधि फरकफरक माइन्युटसहित आएपछि विवाद भएको थियो । विवादका कारण उनीहरू दुवै जनाले मतदान गर्न नपाउने भएका हुन् ।
चुनावी प्रक्रिया आज बिहान ८ : १५ सुरु हुनेछ । ८ : ४० मा उम्मेदवारको मनोनयन, ११: २० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन, ११: ४० बजे उम्मेदवारको मनोनयम उपर उजुरी र छानबिन हुने कार्यतालिका रहेको छ ।त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी मतदान गरिने निर्वाचन समितिले जनाएको छ ।
क्यानको नेतृत्वका लागि यसपटक पनि चतुरबहादुर चन्दले दाबी गरेका छन् । उनले सर्वसम्मत हुन खोजे पनि लुम्बिनी प्रदेशका उपाध्यक्ष विजयराज भण्डारीले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का पनि यसपटक पदाधिकारीका लागि प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)