Logo बुधवार, श्रावण १३ गते २०८३
images

नेपाल प्रेस युनियनले बनायो ६१ सदस्यीय परामर्श समिति

नेपाल प्रेस युनियनले बनायो ६१ सदस्यीय परामर्श समिति

  • 1.9K
    SHARES

  • नेपाल प्रेस युनियनले बनायो ६१ सदस्यीय परामर्श समिति

    काठमाडौँ, असोज ४ ।

    नेपाल प्रेस युनियन केन्द्रीय समितिले ‘नेपाल प्रेस युनियन केन्द्रीय परामर्श समिति’ गठन गरेको छ । युनियनका अध्यक्ष शिव लम्सालले नेपाल प्रेस युनियनको विधान २०४८ (छैटौँ संशोधन–२०७९) परिच्छेद ४ को दफा २४ बमोजिम ६१ सदस्यीय ‘नेपाल प्रेस युनियन केन्द्रीय परामर्श समिति’ गठन गरेका हुन् । 

    प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, लोकतन्त्रको प्रवर्द्धन, युनियनको संस्थागत विकास र सङ्गठनको मूल्य–मान्यता र आदर्शलाई आत्मसाथ गर्दै युनियनको बृहत् हितका लागि समिति गठन गरेको अध्यक्ष लम्सालद्वारा हस्ताक्षर गरी प्रकाशित विज्ञप्तिमा उल्लेख छ । परामर्श समितिमा प्रेस युनियनका संस्थापक, पूर्व अध्यक्षहरू, नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्षहरू, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको क्षेत्रमा केन्द्रदेखि जिल्ला तहमा क्रियाशील वरिष्ठ पत्रकारहरू रहेका छन् ।

    समितिमा नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष हरिहर विरही, किशोर नेपाल, नेपाल प्रेस युनियनका संस्थापक अध्यक्ष हरि अधिकारी, पूर्व अध्यक्ष रमेश तुफान, वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, तेजप्रकाश पण्डित, नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष सुरेश आचार्य, प्रेस युनियनका पूर्व अध्यक्ष तारा बराल, कुलचन्द्र वाग्ले, प्रेस काउन्सिलका पूर्व अध्यक्ष राजेन्द्र दाहाल रहेका छन् । त्यसै गरी, नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष विष्णु निष्ठुरी, प्रेस युनियनका पूर्व अध्यक्ष मुरारी शर्मा, समीर जङ्ग शाह, किरण पोखरेल, युनियनका संस्थापक शोभा कर पराजुली, वरिष्ठ पत्रकार श्री आचार्य, कबिर राणा रहेका छन् । 

    त्यसै गरी, प्रेस युनियनका पूर्व वरिष्ठ उपाध्यक्ष दामोदर प्रसाद दवाडी, पूर्व उपाध्यक्ष गंगाधर पराजुली, रमेश पौडेल, पूर्व महासचिव रमेश पौडेल, तरुण पौडेल, विन्दुकान्त घिमिरे रहेका छन् । परामर्श समितिमा युनियनका अग्रज सुवास ढकाल, डा. नवराज लम्साल, गेजा शर्मा वाग्ले, उमिद बाग्चन, कृष्ण केसी, कन्हैयालाल केसरी, हरि लम्साल, हर्ष सुब्बा, झपिन्द्र गैरे, सञ्जय सन्तोषी राई, नारायण कार्की, हरि विनोद अधिकारी, विश्वमणि पोखरेल, निर्मला आचार्य, भारती उपाध्याय, ओमप्रकाश शर्मा, चिरञ्जीवी अर्याल, खगेन्द्र खत्री, केदार कोइराला, केदार सुवेदी, शिवकुमार भट्टराई, केदार भट्टराई, प्रकाश रिमाल, शीतल कोइराला, हेमन्त कर्माचार्य, डिआर पन्त, हिमांशु चौधरी, जगन्नाथ आचार्य, परशु घिमिरे, मुरलीप्रसाद यादव, मुकुन्द दाहाल, कृष्ण आचार्य, रिता गुरुङ, बाल नरसिंह गुरुङ, कृष्णचन्द्र मिश्र, राकेश बस्याल, गोविन्द क्षेत्री, राम भरत शाह, राजन कुइँकेल रहेका छन् । 

    परामर्श समितिको सुझाव र सङ्गठन को मूल्य मान्यता अनुसार युनियनको संस्थागत विकासका लागि आवश्यक परामर्श लिने युनियनका उपाध्यक्ष नकुल अर्यालले जानकारी दिनुभयो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology