Logo बुधवार, श्रावण १३ गते २०८३
images

‘बड्की आइतबार’ : तिलोत्तमा नगरमा असोज ७ गते सार्वजनिक बिदा

‘बड्की आइतबार’ : तिलोत्तमा नगरमा असोज ७ गते सार्वजनिक बिदा

  • 5.6K
    SHARES

  • ‘बड्की आइतबार’ : तिलोत्तमा नगरमा असोज ७ गते सार्वजनिक बिदा

    बुटवल,असोज ४ ।

    थारु समुदायको महत्त्वपूर्ण पर्व ‘बड्की आइतबार’को अवसरमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सार्वजनिक बिदा दिने भएको छ । नगरपालिकाले बिहीवार एक बिज्ञप्ती जारी गर्दै आइतबार असोज ७ गते सार्वजनिक बिदा दिने जानकारी गराएको हो।

    नगरकार्यपालिकाको कार्यालय मातहतका वडा कार्यालयहरु, विषयगत शाखा कार्यालयहरु तथा स्वास्थ्य संस्थाहरु र सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द रहने जनाईएको छ।

    प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालद्वारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ – मिति २०८० साल असोज ०७ गते आइतवारका दिन थारु समुदायको महत्वपुर्ण पर्व बड्की आइतबारको उपलक्ष्यमा यस तिलोत्तमा नगरपालिका नगरकार्यपालिकाको कार्यालय मातहतका वडा कार्यालयहरु, विषयगत शाखा कार्यालयहरु तथा स्वास्थ्य संस्थाहरु र सामुदायिक तथा संस्थागत विद्यालयहरुमा स्थानीय विदा दिने यस कार्यालयको मिति २०८० ६-४ गतेको निर्णयानुसार सम्बन्धित सबैको जानकारिका लागि यो सूचना प्रकाशित गरिएको छ ।tinapa.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology