Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल देवीनगरमा जी ट्वान्टी फाइब क्लवले गर्यो तीज मेला

बुटवल देवीनगरमा जी ट्वान्टी फाइब क्लवले गर्यो तीज मेला

  • 5.5K
    SHARES

  • बुटवल देवीनगरमा जी ट्वान्टी फाइब क्लवले गर्यो  तीज मेला

    बुटवल,असोज १ ।

    बुटवल ११ देवीनगरमा रहेको जी ट्वान्टी फाइब क्लवले चौपारीमा भब्यरुपमा तीजमेला सम्पन्न गरेको छ ।  हरितालिका तीज पर्वमा  हरेक बर्ष क्लवले यहाँ तीज मेला गर्दै आएको छ । यसपटकको तीजपर्व मनाउन आउनेहरुका लागि ब्यवस्थित तरिकाले टेन्ट, पानी तथा सुरक्षा ब्यबस्था लगायतको प्रबन्ध समेत गरिएको थियो । 

    चौपारीक्षेत्रको सडकमा तीज मेला भएको हो । यहाँ दिनभर बाक्लो संख्यामा उपस्थित दिदिबहिनी तथा दाजुभाइले निकै रमाइलो गरेर नाँचगान गरेका थिए । बेलुका छ बजे तीज समापन गरिएको र भोलि ऋषिपञ्चमी पूजा पछि यहीँ स्थानमा नाचगान हुने क्लवका सुनिल शाहीले नागरिक अनलाइनलाइ जानकारी दिए ।g25 club.jpg

    हिजो दर खाएपछि आज तीजको व्रत बस्ने गरिन्छ ।  भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ । हिजो दर खाएपछि औपचारिक रुपमा शुरु भएको तीज पर्व भोलि ऋषि पञ्चमीसम्म मनाइन्छ । यसपालि तिथि घटबढ भएका कारण ऋषिपञ्चमी भोलि नै परेको छ ।g25 club.jpg

    निराहार व्रत बस्दा शरीरमा पानीको कमी भइ बेहोशसमेत हुन सक्ने भएकाले आफ्नो स्वास्थ्यको ख्याल गर्न डाक्टरले आग्रह गरेका छन् । सक्नेले निराहार, नसक्नेले जलाहार र त्यो पनि नसक्नेले फलाहार व्रत गर्न सकिने धर्मशास्त्रमा पनि उल्लेख छ । स्वास्थ्य ठीक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिन्छ ।g25 club.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology