Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सरकारविरुद्ध नेविसंघको बुटवलमा सिठ्ठी जुलुस,भण्डाफाेरका लागि सडकमा उत्रिन आग्रह

सरकारविरुद्ध नेविसंघको बुटवलमा सिठ्ठी जुलुस,भण्डाफाेरका लागि सडकमा उत्रिन आग्रह

  • 6.9K
    SHARES

  • सरकारविरुद्ध नेविसंघको बुटवलमा सिठ्ठी जुलुस,भण्डाफाेरका लागि सडकमा उत्रिन आग्रह

    बुटवल, मंसिर २८-

    नेपाल विद्यार्थी संघले सरकारविरुद्ध बुटवलमा सिठ्ठी जुलुस निकालेको छ ।नेविसंघ केन्द्रिय उपसभापति मुक्तिराज पाैडेलको  नेतृत्वमा बुटवलको राजमार्ग चाैराहाबाट मिलनचाेकसम्म जुलुस निकालेको हो । भाेली मंसिर २९ गतेको विरोधसभा सफल बनाउन पूर्वसन्ध्यामा नेविसंघले बिराेध जुलुस निकालेको हाे । 

    भाेली मंसिर २९ गतेको विरोधसभा सफल पारौं ,सरकारका गलत कामको बिराेध गराैँ भन्ने नारा लेखिएका प्लेकार्ड पनि प्रदर्शन गरेका थिए । भोलि कांग्रेसले सरकारविरुद्ध देशैभर प्रदर्शन गर्दैछ । sitthi julis.jpg

    कोरोना महामारीका बेलामा सरकार भ्रष्टाचारमा लिप्त भएको र सरकारका कारण संघीय लोकतान्त्रिक गणतन्त्र समेत संकटमा परेको भन्दै नेविसंघ केन्द्रिय उपसभापति मुक्तिराज पाैडेलले सरकारलाई सडकबाटै तह लगाउने दाबि गरे ।nsu.jpg

    उनले सरकारको एकमात्र मिसन सबैकुरामा कमिसन भएको दाबि गरे । कार्यक्रमकाे संचालन नेबिसंघ यज्ञाेदय बहुमुखी क्याम्पस सभापति धनराज कडेँलले गरेका थिए ।

    देउवाको अपील : देशव्यापी प्रदर्शनमा मास्क लगाउनुस् र भौतिक दूरी कायम गर्नुस्

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology