Logo बिहिवार, आश्विन १ गते २०८३
images

युएईमा सैनामैना समाजको तीज धमाका,धोको फेरेर नाँचे नेपाली

युएईमा सैनामैना समाजको तीज धमाका,धोको फेरेर नाँचे नेपाली

  • 2.9K
    SHARES

  • युएईमा सैनामैना समाजको  तीज धमाका,धोको फेरेर नाँचे नेपाली

    युएई, भदौ ३१ ।

    रोजगारीको शिलशिलामा रूपन्देहीको सैनामैनाबाट यूएई (दुबई)मा रहेका युवाहरूद्वारा स्थापित सैनामैना सेवा समाज यूएईले तीज बिशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

    नेपाली नारिहरूको महान पर्व हरितालिका तिजको अबशर पारेर समाजले गत आइतबार तिज बिशेष कार्यक्रम सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष युवराज भट्टराईको अध्यक्ष एबं सैनामैना नगरपालिका उप(प्रमुख बिना रानाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित कलाकारहरू रामजि खाड, सोभा त्रिपाठी, उमादेबि खनाल, बबिता धिताल लगायतका कलाकारहरूले सांगेतिक प्रस्तुति दिएका थिए ।

    सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर उप प्रमुख रानाले तिज विशेष कार्यक्रमले समग्र नगरपालिकाको पहिचान बढाएको बताउनुभयो । उहाले बिदेशमा समेत यसरी संगठित बन्दै बृहत् कार्यक्रम गर्नु आफैमा सहरानिय कार्य भएको उल्लेख गर्दै समाजलाइ थप सफलताको लागि सुभकामना दिनुभयो ।dub.jpg

    देशमा अझैपनि, रोजगारिको सहज सुनिश्चितता हुन नसकेकोमा दुख व्यक्त गर्दै, स्वदेशमै आत्मनिर्भर बनाउन स्थानिय तहबाटै पहल हुनुपर्नेमा जोड दिनुभयो ।

    समाजले गरेको कार्यक्रमले समग्र नगरको बिकाशमा समेत सहयोग पुगेको उहाको भनाइ थियो । त्यस्तै कार्यक्रममा नगरका प्रेस सल्लाहकार कृष्ण भण्डारी, नेपाली समाज युएईका पार्शद अध्यक्ष राम मोक्तान, उपाध्यक्ष सीता भण्डारी लगायतले बोल्दै बिदेशमा स्थापित संस्थाले गरेका कार्यक्रमले नगरको पहिचान बढाउदै आपसि भातृत्व कायम गरेको उल्लेख गर्नुभयो ।

    सैनामैना आपतकालिन राहात कोष स्थापनाका लागि आयोजना गरिएको सो कार्यक्रममा राष्ट्रिय कलाकारहरूले सांस्कृतिक मनोरन्जन प्रदान गरेका थिए १ कृष्ण भट्टराईको कार्यक्रम संयोजकत्वमा भएको कार्यक्रम, महासचिव मनिराम भट्टराईले संचालन गर्नुभएको थियो । कार्यक्रम याक एण्ड यति एभरेस्ट क्लब, वर दुबइमा भएको हो ।

    कार्यक्रमममा संरक्षक हरि चापागाई,कार्यक्रम संयोजक कला पंगेनी,नेपाली समाजका अध्यक्ष बेदप्रसाद अर्याल,समाज सेवी बाबुराम बिश्वकर्मा,समाजसेवी विजया लक्ष्मी राई,लालबहादुर ढेंगालाइ बिशेष सम्मान गरिएको युवराज भट्टराइले नागरिक अनलाइनलाइ जानकारी दिनुभयो ।

    dubai.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology